काठमाडौं : निर्वाचन जितेर जनप्रतिनिधिको रूपमा सेवा गर्ने र वैदेशिक रोजगारलाई सधैंको लागि बिट मार्ने सपना सजाएका ताप्लेजुङ फुङलिङ नगरपालिका–११ फावाखोलाका हेम्बु इजमलाई स्थानीय निर्वाचनमा मतदाताले साथ नदिँदा पुनः वैदेशिक रोजगारीमा फर्किनु पर्ने बाध्यता आइलागेको छ ।
चार वर्षअघि कामदार भिसामा दक्षिण कोरिया पुगेका ताप्लेजुङ फुङलिङ नगरपालिका–११ फावाखोलाका हेम कुमार लिम्बू अर्थात हेम्बु इजम ५७ दिनको छुट्टी लिएर स्थानीय तहको चुनावमा मेयरमा उठ्न स्वदेश फर्किएका थिए । दक्षिण कोरियामा मासिक दुई लाख पचास हजार बराबर आम्दानी गर्ने भएपनि त्यसमा सन्तुष्टि पाउन नसकेका उनलाई फुङलिङ नगर प्रमुख पदमा विजयी भएर केही गर्ने आकांक्षा थियोे ।
उनले प्रदेश १ सरकारमा सहभागी क्षेत्रीय हैसियतका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पार्टीबाट उम्मेदवारी दर्ता गराएका थिए । खुकुरीको दाप चुनाव चिह्न पाएका उनले आइतबार साँझसम्म खासै सन्तोषजनक मत पाउन सकेका छैनन् । मेयरमा नेपाली कांग्रेसका अमिर मादेनले २ हजार ५ सय बढी पाएका छन् । त्यस्तै नेकपा एमालेका छत्रपति प्याकुरेलले १ हजार ५ सय बढी मत पाउँदा तेस्रो स्थानमा रहेका लिम्बूको भागमा ३३ मत मात्रै प¥यो । मेयरका स्वतन्त्र उम्मेदवार मिलन निरौलाले १६ र जनता समाजवादी पार्टीका विमला निरौलाले ४ मत पाउँदा वैदेशिक रोजगारबाट फर्किएका लिम्बूले पाएको मत केही बढी भएपनि मेयरमा निर्वाचित हुन पर्याप्त छैन ।
उनी चुनावमामा उठ्न दुई महिनाको तलब ५ लाख र दोहोरो टिकट भाडा १ लाख गरी छ लाख रूपैयाँ खर्च गरेर आएको बताउँछन् । उनी किरात याक्थुम चुम्लुङ दक्षिण कोरियाका सल्लाहकार पनि हुन् । निर्वाचन जितेमा नगर प्रमुखले पाउने मासिक पारिश्रमिक प्रत्येक महिना प्रत्येक वडाको विकासमा खर्चने उनको प्रतिवद्धता छ ।
काठमाडौं : मलेसियाले विदेशी कामदार भर्नाको प्रक्रियालाई सकेसम्म छोटो र छरितो बनाउने बताएको छ । कोरोना भाइरस महामारी समाप्तिको अन्तिम अवस्थामा पुगेको र सबै प्रकारका आर्थिक गतिविधिमा तिव्रता आएको भन्दै नयाँ विदेशी कामदार नल्याएसम्म श्रमजनशक्ति पूर्ति गर्न नसकिने निष्कर्षमा सरकार पुगेको त्यहाँकी पर्यटन, कला तथा संस्कृति मन्त्री न्यासी शुक्रीले बताइन् ।
मलेसियाको सबै क्षेत्रमा कामदारको अभाव रहेको, त्यसको परिपूर्तिका लागि स्थानीय मलेसियालीहरूलाई आकर्षित गर्ने नीति लिइएको भएपनि त्यो प्रभावकारी नदेखिएको उनले बताइन् । यसवर्षको अन्त्यसम्म मलेसियामा ५ लाख पर्यटन आउने भन्दै उनले त्यसका लागि मात्रै तत्काल २० हजार अतिरिक्त कामदार आवश्यक देखिएको बताइन् ।
हालका दिनमा सबै क्षेत्रमा कामदारको अभाव रहेको भन्दै उनले विदेशी कामदार नै श्रम बजारमा देखिएको अभाव परिपूर्ति गर्ने भरपर्दाे माध्यम भएको निष्कर्षमा सरकार पुगेको समेत स्थानीय सञ्चारमाध्यमहरूलाई बताइन् ।
मलेसियामा सरकारले विदेशी कामदार ल्याउन अनुमति प्रदान गरेपनि कामदार भर्ना प्रक्रियामा अनुचित लामो समय लाग्ने रोजगारदाताहरूको गुनासो आउने गरेकोे छ । बढीमा दुई महिना भित्र श्रम बजारमा रहेको कामदार आपूर्तिको समस्या समाधान गर्ने विषयमा मन्त्रिपरिषद्मा छलफल भएको पनि उनले सार्वजनिक गरिन् ।
कोरोना भाइरस संक्रमणका कारणले करिब दुई वर्ष विदेशी कामदार ल्याउन रोकेको मलेसियाले गत जनवरीदेखि प्लान्टेशन र फेब्रुअरीदेखि अन्य क्षेत्रमा विदेशी कामदारको नयाँ भर्ना गर्न शुरूवात गरेकोे हो । मलेसियाले नेपालसहित १६ श्रोत मुलुकबाट विदेशी कामदार लैजाने गरेको छ ।
विशेष गरी नेपाली कामदार कार्यरत सेक्युरिटी गार्डको क्षेत्रमा कामदारको अभाव रहेको छ । नयाँ कामदार नजाँदा मलेसियामा रहेका नेपाली सुरक्षागार्डहरूले निरन्तर ७२ घण्टासम्म पनि काम गर्नुपरेको गुनासो गरेका छन् ।
रमेश लम्साल/रासस
काठमाडौं : उमेर साढे आठ दशक । शुक्रबार देशभर स्थानीय तह निर्वाचनको मतदान भइरहेका बेला छोराबुहारीलाई बिदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष अगाडि टोलाइरहेका थिए,काठमाडौँ बनस्थलिका मानसिंह विष्ट । यो उमेरका विष्टलाई बुढेसकालमा छोरालाई विदेश पठाउन फिटक्कै मन छैन तर उनले रोक्न पनि सकेनन् ।
निर्वाचनको दिन निजी तथा सार्वजनिक सवारीसाधन नचलेकाले अनेक प्रयास गरेर विमानस्थलसम्म आइपुगेको बताउने विष्टका आँखा एकाएक रसाए । छोरा किसन र बुहारी कमलालाई विदेश पठाउन आएको उनले बताए । ‘विमानस्थल आउने हतारोले निर्वाचनमा भाग लिन पाइएन । आफ्नो प्रतिनिधि चयन गर्ने अवसर गुमाउनु पर्यो,’ किसनले भने ।
आफ्नो टोलका सबै छिमेकी निर्वाचनमा सक्रिय सहभागी भइरहेको मानसिंहलाई थाहा छ । मत दिने मन त उनलाई पनि छ तर दक्षिण कोरिया उड्ने छोरालाई बिदाई नगरी उनी घरमै बस्न सकेनन् । ‘छोरा घर फर्केर आउँदा खुसी हुने मन विदेश उड्न लाग्दा भने साह्रै दुख्दोरहेछ,’ मानसिंहले गहभरी आँशु पार्दै भने, ‘यो बाध्यतालाई देश बनाउँछु भन्नेहरुले बुझिदिए कत्ति राम्रो हुन्थ्यो होला ।’
स्थानीय निर्वाचनका कारण सवारीसाधन नचलेकाले धेरै टाढा टाढादेखि अनेकन दुःख गरेर विमानस्थल आइपुगेको बताउनेहरु धेरै थिए । तर, अन्य दिन भन्दा विमानस्थलमा शुक्रबार चाप अलिक कम थियो । हरेक दिन सपना बोकेर उड्नेहरु कोही सकुसल फर्किएका छन् भने कोही बाकसमा बन्द भएर । रोजगारीको खोजीमा भौतारिएकाहरु मलिन मुद्राका साथ प्रस्थान कक्ष अगाडि उभिइरहेको दृश्यले धेरैको मन बिथोलिन्छ ।
औपचारिक तथ्याङ्कका आधारमा हरेक दिनजसो दुई हजार नेपाली रोजगारीको खोजीमा विदेशिरहेका छन् । श्रम र पसिना बिक्री गर्न विदेशिएका नेपालीले नै पठाएका विप्रेषणले मुलुक चलेको छ । विप्रेषण कम हुँदा देशको अर्थतन्त्र धरमराउन लागेको तथ्य पनि हाम्रा सामु छ । तर, देशभित्र महत्वपूर्ण चाड चलिरहेको बेला विदेशिनुपर्ने बाध्यता आफैंमा हृदयविदारक दृश्य भन्दा फरक थिएन । धेरै मानसिंहले बुढेशकालका सहारालाई विदेश पठाएर प्रतिक्षाका दिनहरु भित्तेपात्रोमा गनेर बसेका छन् ।
निर्वाचनमा आफ्नै परिवारको सदस्य उम्मेदवार भए पनि शुक्रबार राति १० बजे कतार उडन लागेका धनुषा मिथिला नगरपालिकाका तेजनारायण यादवको मुहारमा खुसी थिएन । उनका काका नै प्रमुखको उम्मेदवार छन् । ‘देशभित्र रोजगारी छैन, खानु पर्यो परिवार पाल्नु पर्यो, निर्वाचन भनेर बस्ने अवस्था पनि रहेन,’ यादवले भने । सामान्य झोला भिरेका यादवले थपे, ‘म र म जस्ताको दुःख सम्बोधन गर्ने गरी यस पटकको निर्वाचनले नेतृत्व छानिदिए अर्को पटक म पनि विदेश जान्न थिएँ ।’
धनुषादेखि बिरामी बोक्ने एम्बुलेन्समा कोचिएर सङ्घीय राजधानी उत्रि एका यादव रासससँगको कुराकानीकै क्रममा मलिन भए । उनको गला अवरुद्ध भइरहेको थियो । ‘परिवार छाडेर विदेश जान त कहाँ मन छ र ? तर बाध्यता छ हजुर, बाध्यता ।’ पाँच महिनाको छुट्टी लिएर आएका यादव कतारमा टाइम किपरको काम गर्छन् ।
उनको अपेक्षा छ, विदेश जानुपर्ने बाध्यताको अन्त्य हुने गरी निर्वाचित हुनेले काम गरिदिए आफूलाई असाध्यै खुसी लाग्ने बताए । कतार एयरबेजले यादवलाई राति १० बजे मात्रै बोकेर उड्छ । खाना न पानीका साथ विमानस्थलको प्रस्थान कक्ष अगाडिको घडीमा कहिले आँखा पुग्छ त कहिले आफू जस्तै विदेश जान आएकाको भीडमा । एउटै समूहमा भेटिए, मोरङ उर्लाबारी अशोक राउत, झापा हल्दीबारीका गङ्गा कटुवाल र उदयपुरका नगेन्द्र मगर ।
बिहीबारलाई दुबईको जहाज नआएपछि होटलमा बस्नु परेको यर्थाथ सुनाउँदै राउतले भने ‘निर्वाचन भनेर बसेर पनि भएन । यहाँ रोजगारी छैन, कमाई खाने बाटो छैन । यो बाध्यता छ हामीलाई ।’ बहराइनमा विगत पाँच वर्षदेखि चालकको रुपमा कार्यरत राउतले भने, ‘निर्वाचनले हामी जस्ता परदेशीलाई स्वदेशमा नै बस्ने वातावरण बनाओस् भन्ने अपेक्षा छ ।’
तीनै जनाको ‘लगेज’ एउटै ट्रलीमा घिसारिरहेका नगेन्द्र मगरलाई राजनीतिक नेतृत्वले देश विकास भन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थमा लागेको कुरा पटक्कै मन परेको रहेनछ । ‘निर्वाचनको दिन विदेश उड्न त मन थिएन नी । तर, राजनीतिक नेतृत्वले कहिल्यै हामीहरु जस्ताको चाहना र आवश्यकताको सम्बोधन गर्न सकेन । देशभित्रै रोजगारी होओस्, घरमै बसेर काम गरी खान पाइयोस् भन्ने मेरो पनि चाहना छ । तर, कहिल्यै त्यो अवसर आएन,’ मगरले भने ।
झापा हल्दीबारीका कटुवाललाई झापामा आज भइरहेको निर्वाचनको माहोल झल्झली आँखामा आइरहेको छ । ट्रली धकेल्दै उनले भने ‘निर्वाचन भनेर भएन । हाम्रो दुःख बुझिदिने कुनै नेता भएनन् ।’ प्रभाव र पहुँच नहुनेले देशभित्र रोजगारीको अवसर पाउन मुस्किल भएको उनको गुनासो छ । सरकारले सबै नेपालीलाई देशभित्रै राख्न सकेको अवस्थामा विकासको शिखरमा पुग्न कुनै आइतबार कुर्नु नपर्ने उहाँको भनाइ छ । व्यवस्था परिवर्तन भयो । नागरिकले सङ्घर्ष गरेर ल्याएको राजनीतिक प्रणालीमा चरित्र भने पुरानै रहेको र नातावाद मौलाएको उनको आपत्ति छ । त्यस्तै, बुटवलका विष्णु पौडेल भने सुन्धाराको एक होटलमा नै राहदानी छाडेर विमानस्थल पुगेका रहेछन् । रासस टोलीलाई विमानस्थलमा देखेपछि उनले तपाईहरु सरकारी कर्मचारी हो भन्ने प्रश्न गरे । हामीले हामी कर्मचारी होइनौँ, पत्रकार हौ भनेपछि आफ्नो अवस्था सुनाउन अगाडि सरे ।
आफ्नो झोला खोतल्दै एक अमूक पार्टीको स्टिकर निकाले तर, राजनीतिक नेतृत्वप्रति गुनासो गर्न पनि छाडेनन् । राहदानी नै नभइ विदेश उड्न पाइएला त ? उनको जिज्ञासा थियो । सञ्चारकर्मीले राहदानी नभइ विदेश उड्न नपाइने जानकारी दिएर होटलको नम्बर पत्ता लगाइदिनु पर्याे । होटल सञ्चालकले राहदानी ल्याइदिने बताएपछि ढुक्क देखिएका पौडेल पनि निर्वाचनको दिन विदेश जानु बाध्यता भएको बताए । ‘खाडी जान्छु भन्दा पनि वातावरण भएन,’ उनले भने । गाँउको विकास निर्माणको काममा राजनीतिक नेतृत्वले गरेको बदमासी आँखा चिम्लेर बस्ने कार्यकर्ताप्रति समेत उनले गुनासो गरे । विमानस्थलमा कोही आफ्ना छोरा बिदाई गर्न आएका आमाहरु भेटिए । कोही श्रीमान् बिदाई गर्न लालाबाला बोकर आएकाहरु पनि भेटिए । देशमा लोकतन्त्रको अभ्यास भइरहेको बेला विमानस्थलमा भेटिएका कोही कसैको मनमा पनि खुसी देखिँदैनथ्यो । निराश, हतास अनि मलिन अनुहारमा भेटिएका अधिकांशले देश बनोस्, देशभित्रै रोजगारी पाइयोस् भन्ने अपेक्षा भने गरेका थिए । दुखित मन लिएर उड्नेहरु कति खुसी भएर फर्केलान् कति अझै दुःख भोगेर फर्केलान् त्यो भने अहिल्यै भन्न सकिने अवस्था छैन । तर, यसरी देशमा चुनाव भइरहेकै बेला विदेशीने रहर भने कसलाई पो होला र ?
काठमाडौं : कतारमा विश्वकप फुटबल रंगशाला निर्माणमा काम गरी बिना तलब स्वदेश फर्किन बाध्य २३ जना नेपाली कामदारले आफ्नो तलब पाउने भएका छन् । विश्वकप फुटबल स्टेडियममा बिना तलब ६ महिना काम गरेर नेपाली कामदार रित्तो हात फर्किएपछि एमनेष्टी ईन्टरनेशनल लगायतका संस्थाले नेपालीसहित आप्रवासी कामदारहरूले बक्यौता रकम पाउनुपर्ने आवाज उठाएका थिए ।
कतार सरकारले कतारस्थित मेना मर्करी ईन्जिनियरिङ कम्पनीमा काम गरी रकम लिन बाँकी रहेका २३ जना नेपालीलाई सम्पर्कमा रकम बुझ्न आग्रह गरेको छ । रकम लिन आफ्नो नाम ठेगाना खुल्ने परिचयपत्रसँगै कतारमा काम गर्दाको कतारी आइडी नम्बर खुल्ने कागजात र पासपोर्ट लिएर जानुपर्ने छ ।
नेपालस्थित कतारको दूतावासले यस वर्ष रकम आएका २१ जना र गत वर्ष रकम बुझ्न बाँकी रहेका दुई जना गरी २३ जनालाई सम्पर्कमा आउन आग्रह गरेको छ । विश्वकप फुटबलका लागि बनाइएको रंगशालामा बिना तलब ६ महिना काम गरेर रित्तो हात फर्किएका नेपालीलाई कम्पनीले तीन वर्षपछि उनीहरूको तलब पठाएको थियोे ।
नेपाल सरकारले नेपालीले नपाएको तलब दिलाउन दूतावासमार्फत लामो प्रयास गरेकोे थियोे । पाँच वर्षअघि सन् २०१७ को अन्त्यमा ३४ नेपाली कामदार खाली हात फर्किएका थिए ।
काठमाडौं : वैदेशिक रोजगार क्षेत्रको अग्रणी संस्था द रिभर ओभरसिज प्रा.लि. २० औं वर्षमा प्रवेश गरेकोे छ । कम्पनीका अध्यक्ष रघुनाथ पुरीले आगामी दिनहरूमा सुरक्षित एवं मर्यादित वैदेशिक रोजगारीका लागि म्यानपावर कम्पनीले थप प्रभावकारी काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
द रिभरले बीसों हजार नेपालीहरुलाई वैदेशिक रोजगारमा पठाएर खरवौं रुपैया‘ रेमिट्यान्स नेपाल भित्र्याउन योगदान दिएको छ । कम्पनीले नयाँ नयाँ गन्तव्यमा वैदेशिक रोजगारमा नेपाली युवायुवतीलाई रोजगार दिलाउनुका अतिरिक्त कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालभित्र विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ ।
उक्त कम्पनीले विश्वव्यापीरुपमा फैलिइरहेको कोरोना भाइरसको महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको कोषमा ५ लाख १ हजार १ सय ५१ रुपैयाँ सहयोग गरेको थियोे भने मोरङ बेलवारीका स्थानीयको सहयोगका लागि एम्बुलेन्स प्रदान गरेकोे थियोे ।
काठमाडौंः कतार सरकारले मर्करी मेना कम्पनीमा नेपाली कामदारले लिन बाँकी वक्यौता रकम बुझ्नका लागि आग्रह गरेको छ ।
रकम बुझ्नको लागि नाम ठेगाना खुल्ने परिचयपत्रसँगै कतारमा काम गर्दाको कतारी आइडी नम्बर खुल्ने कागजात र पासपोर्ट लिएर आउनुपर्ने छ ।
बाँकी रकम लिनका लागि वैदेशिक रोजगार विभाग तथा कतारी राजदूतावासमा सिधै सम्पर्क गर्न सकिने जनाइएको छ । गत वर्ष वक्यौता रकम लिन बाँकी रहेका दिपेन्द्र सार्की र ध्रुव स्रिपालीलाई पनि सम्पर्कमा आउन सरकारले आग्रह गरेकाे छ ।
SN |
Name |
Qatar ID Number |
1. |
Govinda Mochi |
2785230332 |
2. |
Santosh Kumar Sharma |
29652413221 |
3 |
Sanjay Chaudhary |
28452412872 |
4 |
Sakil Ahamad Musalman |
29552424524 |
5 |
Sabin Karki |
29252431707 |
6 |
Ranjit Kumar Khang |
29252432143 |
7 |
Rameshwor Mandal |
27552423856 |
8 |
Ramakant Khang |
29352435412 |
9 |
Ram Krishna Niraula |
29352434453 |
10 |
Niranjan Pasman |
29452427853 |
11 |
Gyan Chand Kurmi |
28252440906 |
12 |
Brahmdev Khang Khtwe |
28252440906 |
13 |
Birendra Hajara |
27052417495 |
14 |
Baijnath Chaudhary |
28752446371 |
15 |
Ajaya Bahdur Shrestha |
296552407089 |
16 |
Vinod Kumar Bhar |
28952439525 |
17 |
Tej Narayan Ray Amat |
27152404769 |
18 |
Surendra Bohora |
29452425628 |
19 |
Sikandar Mukhiya |
18952442389 |
20 |
Selendra Maharan |
28152418423 |
21 |
Ram Udagar Ram |
29452427739 |
गत वर्षकाे वक्यौता रकम लिन बाँकी व्यक्ति
Dipendra SArki |
28852448832 |
Dhruba Sripali |
|
काठमाडौं/मस– वैदेशिक रोजगार विभागले वैशाख ३० र ३१ गते गरि दुई दिन कामदार छनौटका लागि गरिएको विज्ञापन रद्द गरेको छ ।
स्थानीय तह निर्वाचनका लागि सरकारले वैशाख ३० गते सार्वजनिक बिदा दिएको र सवारी साधन सञ्चालनमा समेत रोक लगाएकाले अन्तर्वार्ता गराउनु उचित नहुने भन्दै यस्तो निर्णय गरेको हो ।
विभागले बुधबार सूचना प्रकाशित गर्दै वैशाख ३० र ३१ गतेका लागि प्रकाशित भएका विज्ञापन रद्द गरि पुनः विज्ञापनका लागि विभागमा पेश गर्न आग्रह गरेको छ ।
केही म्यानपावर कम्पनीले मतदानको दिन शुक्रबार र शनिबार अन्तर्वार्ताको मिति र समय तोकेर विज्ञापन प्रकाशन गरेको भन्दै त्यसमा विभागको ध्यानाकर्षण भएको जनाएको छ ।
मध्यान्ह संवाददाता
काठमाडौं, २८ वैशाख । पछिल्लो नौ महिनामा मुलुक भित्र सवा सात खर्व रेमिट्यान्स भित्रिएको छ । वैदेशिक रोजगारीमा जाने कामदार बढेसँगै नेपाल भित्रने रेमिट्यान्स रकम समेत वृद्धि भएको हो ।
राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको विवरणमा चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा ७ खर्ब २४ अर्ब ७४ करोड रूपैयाँ बराबरको विप्रेषण स्वदेश भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको अवस्थामा चालु आवको नौ महिनाको अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले कमी आएको बैंकले जनाएको छ ।
नौ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि सस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरणको श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भएको भन्दै राष्ट्र बंैकले २ लाख ५६ हजार ३१ जनाको श्रम स्वीकति भएको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७४.९ प्रतिशतले घटेको थियो । त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९९.९ प्रतिशतले वृद्धि भई २ लाख ६ हजार ६२९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६०.७ प्रतिशतले घटेको थियो ।
चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै रेमिट्यान्स घटेकोमा गत फागुनदेखि सुधार हुन थालेको थियो । चैतमा पनि रेमिट्यान्स आप्रवाहमा उल्लेख सुधार भएपनि गतवर्षको तुलनामा कम रहेको बैंकले जनाएको छ ।
मध्यान्ह संवाददाता
काठमाडौं, २७ वैशाख । वैदेशिक रोजगार कार्यालय काठमाडौंले नयाँ व्यक्तिगत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र हुने व्यवस्था गरेको छ । आगामी जेठ ६ गतेदेखि अनलाइन प्रणालीबाट मात्र नयाँ व्यक्तिगत श्रम स्वीकृति दिने निर्णय गरिएको कार्यालय प्रमुख रमेश अर्यालले जानकारी दिए । लामो समयको तयारी पछि कार्यालयले गत माघ २ गतेदेखि पुनः श्रम स्वीकृति र वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृति अनलाइन मार्फत दिन शुरू गरेको थियो ।
हाल भौतिक उपस्थितिमा भइरहेको नयाँ व्यक्तिगत श्रम स्वीकृति र वैधानिकीकरण मार्फत हुने श्रम स्वीकृतिको काम पनि अनलाइनबाट मात्र हुने व्यवस्थासँगै कार्यालयले पूर्ण रुपमा अनलाइन प्रणालीबाट मात्र सेवाप्रवाह गर्ने भएको छ । अनलाइनबाट मात्र श्रम स्वीकृति दिन शुरू गरेसँगै कार्यालयमा श्रम स्वीकृतिका लागि दैनिक हुने हजारौको भीड हटेको छ । कार्यालय परिसर सुनसान बनेको छ ।
वैधानिकीकरण मार्फत दिने गरिएको श्रम स्वीकृतिलाई व्यक्तिगत रुपमा वैदेशिक रोजगारमा जाने कामदार सरह श्रम स्वीकृति दिने गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट निर्णय भएकोले वैधानिकीकरण मार्फत श्रम स्वीकृति नहुने तर सो प्रकृतिका काम नयाँ व्यक्तिगत श्रम स्वीकृतिबाट हुने कार्यालयले जनाएको छ । आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट छिटो छरितो रुपमा गुनासो रहित सेवा प्रदान गर्न मन्त्रालयले निर्देशन गरेसँगै सबै किसिमका श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट गर्न लागिएको कार्यालय प्रमुख अर्यालले बताए ।
नयाँ व्यक्तिगत श्रम स्वीकृतिको लागि अनलाइनमा अपलोड गर्नुपर्ने कागजातहरु भिसा, करार सम्झौता, स्वास्थ्य परीक्षण उत्तीर्ण प्रमाणपत्र, अभिमुखीकरण तालिम लिएको प्रमाणपत्र, सीपमूलक रोजगारमा जान सिप सिकेको प्रमाणपत्र, स्वघोषणा फाराम, अनलाइनबाटै म्यादी जीवन वीमा र कल्याणकारी कोषमा रकम जम्मा गरेको प्रमाण अनलाइन मार्फत पेश गर्नुपर्नेछ ।
पहिलोपटक श्रम स्वीकृति नलिई घरेलु कामदारको काममा गई स्वदेश फर्किएर पुनः जान चाहनेले वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका, २०७२ को अनुसूची ८ बमोजिम सम्बन्धित देशमा रहेको नेपाली राजदूतावासको सिफारिस पत्रपनि अनलाइनमा अपलोड गर्नुपर्ने व्यवस्था गरेको छ ।
वैदेशिक रोजगारको नाममा भिजिट भिसामा गएका एवम् व्यक्तिगत श्रम स्वीकृति लिई रोजगारीमा जाने अधिकांश व्यक्तिहरु अलपत्र पर्ने, ठगिने, बढी रकम तिर्न बाध्य पार्ने प्रवृत्ति बढेकोले सरकारले व्यक्तिगत श्रम स्वीकृतिमा कडाई गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
व्यक्तिगत श्रम स्वीकृति लिने प्रकृया सम्बन्धी निर्देशिका, २०६९ को प्रकृया बमोजिम सम्बन्धित देशको नेपाली राजदूतावासबाट कागजात प्रमाणिकरण गर्नुपर्ने देशको सुचीमा क्रोयसिया, पोल्याण्ड, रोमानिया, हंगेरी, बेलारुस, माल्दोभा, अल्वानिया र स्लोभाकियालाई थप गरेको छ । यसअघि साउदी अरब, कतार, कुवेत र संयुक्त अरब इमिरेट्स मात्र उक्त सूचीमा रहेका थिए ।
व्यक्तिगत मागपत्र प्रमाणिकरणका लागि नेपाली राजदूतावासमा रोजगारदाता कम्पनी वा स्पोन्सरले रोजगारीमा जानेको राहदानीको प्रतिलिपि, भिसाको प्रतिलिपि, करार वा सम्झौतापत्रको प्रतिलिपि लगायतका विवरण पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । दूतावासबाट प्रमाणित भएपछि ती कागजात सम्बन्धित व्यक्ति र वैदेशिक रोजगार कार्यालयको इमेलमा आएपछि सम्बन्धित व्यक्तिले इमेलमा प्राप्त कागजात आफैले प्रिन्ट गरी अनलाइनमा अपलोड गर्नुपर्छ । त्यसपछि श्रम स्वीकृतिको प्रकृया शुरू गरिने काठमाडौं वैदेशिक रोजगार कार्यालयले ताहाचलले जनाएको छ ।
रोजगारीको लागि विदेश जाँदा पहिले श्रम स्वीकृति लिएर मात्र हवाई टिकटको व्यवस्था गर्न सेवाग्राहीलाई आग्रह गर्दै कार्यालयले केही सेवाग्राहीले श्रम स्वीकृतिको लागि अनलाइनबाट आवेदन गरेकै दिन विदेश जाने गरी टिकट लिएकाले समस्यामम परेका छन् । पूर्ण रुपमा अनलाईनबाट श्रम स्वीकृतिको काम गर्दा आवेदनको क्रमसंख्या अनुसार श्रम स्वीकृतिको काम हुने भएकोले पछाडिको आवेदनलाई अगाडि ल्याउन नसकिने व्यवस्था अनलाइन प्रणालीमा गरिएको छ ।
अधिकांश सेवाग्राहीको अनलाईन आवेदन गरेको दिनमा नै श्रम स्वीकृति हुने गरी काम भए तापनि केही सेवाग्राहीको कागजात अपुग हुने, अस्पष्ट हुने लगायतका कारणले आवेदन अस्वीकृत गर्नुपर्ने अवस्था रहेको कार्यालय प्रमुख अर्यालले जानकारी दिए ।
त्यस्ता आवेदनमा म्यासेज पठाएर विवरण प्राप्त गर्दा समय लाग्ने तथा कहिलेकाही सर्भर लगायत प्राविधिक कारणले समस्या हुन सक्ने भएकोले तीन कार्य दिन अगाडि अनलाइन फाराम भरी आवेदन गर्न पनि कार्यालय प्रमुख अर्यालले आग्रह गरेका छन् ।
श्रम स्वीकृतिको लागि अनलाइनमा आवेदन सकभर आफैले वा आफन्त मार्फत भर्न र घरमा नभई अन्यत्र अनलाइन फाराम भर्नुपरेमा आफूलाई लाग्ने शुल्कको बारेमा पूर्ण जानकारी राखी ठगीबाट बच्न कार्यालयले सबै आग्रह गरेको छ । श्रम स्वीकृति गर्दा म्यादी जीवन वीमाको शुल्क उमेर अनुसार हुने र वैदेशिक रोजगार कल्याणकारी कोषको लागि १ हजार ५ सय रुपैयाँ शुल्क लाग्ने कार्यालयले जनाएको छ । जीवन वीमा र कल्याणकारी कोषसमेत गरी ३५ वर्षसम्मका लागि ५ हजार २०८ रुपैयाँ, ३६ वर्ष देखि ५० वर्षसम्मका लागि ६ हजार ४३१ रुपैयाँ र ५१ वर्ष देखि माथिका लागि १० हजार ९६३ रुपैयाँ शुल्क लाग्नेछ । अनावश्यक व्यक्तिले सजिलै हुने र हुँदै नहुने काम मिलाईदिन्छु भन्दै रकम मागेमा ठाडै इन्कार गर्न र सम्बन्धित नियामक निकाय वा श्रम कल सेन्टर वा वैदेशिक रोजगार विभाग र कार्यालयमा सो को जानकारी गराउन पनि कार्यालय प्रमुख अर्यालले आग्रह गरे ।
श्रम स्वीकृतिको कागजात जाँच गर्दा कुनै कारणले आवेदन अस्वीकृत भएमा सो को कारणसहितको सूचना आवेदकको मोवाइल नम्वर र आवेदन गर्दाको इमेलमा जाने हुँदा आफ्नो व्यक्तिगत मोवाइल नम्वर र इमेल प्रयोग गर्न कार्यालयले आग्रह गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) विरूद्वको खोप सहज भएपछि वैदेशिक रोजगारीमा जाने क्रम वृद्धि भएको देखिन्छ । गत आर्थिक वर्ष २०७७÷७८ मा वैदेशिक १ लाख ६७ हजार जनाको श्रम स्वीकृति भएकोमा चालु आर्थिक वर्षको १० महिनामा ५ लाख बढी नेपालीको वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति भएको पनि कार्यालय प्रमुख अर्यालले जानकारी दिए ।
काठमाडौंः वैदेशिक रोजगार कार्यालय काठमाडौंले नयाँ व्यक्तिगत श्रम स्वीकृतिको काम पनि अनलाइन प्रणालीबाट मात्र हुने व्यवस्था गरेको छ । कार्यालयका प्रमुख रमेश अर्यालले आगामी जेठ ६ गतेदेखि अनलाइन प्रणालीबाट मात्र नयाँ व्यक्तिगत श्रम स्वीकृति दिने निर्णय भएको जानकारी दिए ।
कार्यालयले गत माघ २ गतेदेखि पुनः श्रम स्वीकृति र यही वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृतिको काम अनलाइनबाट मात्र गरेसँगै कार्यालयमा दैनिक हुने हजारौको भीड हटेको छ । हाल भौतिक उपस्थितिमा भइरहेको नयाँ व्यक्तिगत श्रम स्वीकृति र वैधानिकीकरणमार्फत हुने श्रम स्वीकृतिको काम पनि अनलाइनबाट मात्र हुने व्यवस्थासँगै कार्यालयले पूर्णरूपमा अनलाइन प्रणालीबाट मात्र सेवाप्रवाह गर्ने भएको छ ।
आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट छिटो छरितोरूपमा गुनासोरहित सेवा प्रदान गर्न मन्त्रालयले निर्देशन गरेसँगै सबै किसिमका श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट गर्न लागिएको कार्यालय प्रमुख अर्यालले बताए ।
नयाँ व्यक्तिगत श्रम स्वीकृतिका लागि भिसा, करार सम्झौता, स्वास्थ्य परीक्षण उत्तीर्ण प्रमाणपत्र, अभिमुखीकरण तालिम लिएको प्रमाणपत्र, सीपमूलक रोजगारमा जान सीप सिकेको प्रमाणपत्र, स्वघोषणा फाराम, म्यादी जीवन बीमा र कल्याणकारी कोषमा रकम जम्मा गरेको प्रमाण अनलाइनबाटै अपलोड गर्नुपर्नेछ ।
श्रम स्वीकृति नलिई घरेलु कामदारको हकमा विदेशमा काम गरी नेपाल आएर फेरि जान चाहेमा वैदेशिक रोजगारमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका, २०७२ को अनुसूची ८ बमोजिम सम्बन्धित देशस्थित नेपाली राजदूतावासको सिफारिसपत्र पनि अपलोड गर्नुपर्नेछ ।
गत आवमा वैदेशिक रोजगारीको लागि एक लाख ६७ हजारको श्रम स्वीकृति भएकामा चालु आर्थिक वर्षको १० महिनामा पाँच लाख बढीको श्रम स्वीकृति भएको कार्यालय प्रमुख अर्यालले जानकारी दिए ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2022 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies