चितवन : जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर महानगर क्षेत्र भित्र एक साताका लागि निशेधाज्ञा जारी गरेको छ । शुुक्रबार राति १२ बजेदेखि लागु हुनेगरि निशेधाज्ञा जारि गरिएको हो ।
पछिल्लो तीन दिनमा भरतपुर महानगरभित्र दुई दर्जन भन्दा बढिमा कोरोना संक्रमण भएपछि भरतपुर महानगर क्षेत्रमा शुक्रबार रातिदेखि भदौ ५ गतेसम्म जिल्ला प्रशासनले निशेधाज्ञा जारि गरेको हो ।
आज बसेको महानगर विपद् व्यवस्थापन समितिको बैठकले एकसाता लकडाउन गर्न प्रमुख जिल्ला अधिकारी समक्ष सुझाव दिएको थियो । महानगर प्रमुख रेनु दाहालले विभिन्न क्षेत्रबाट आएका सुझावलाई र बढ्दो सक्रमितको दरलाई विश्लेषण गरि यस्तो निर्णय गरिएको बताइन् ।
निशेधाज्ञाको समयमा अत्यावश्यक सेवा तथा बस्तुको ओसारपसार भने रोकिने छैन । सर्वसाधारणको अत्यावश्यक किनमेलका लागि विहान ५ देखि ८ वजेर बेलुका ५ देखि ८ बजेको समय तोकिएको छ । पछिल्लो समय चितवनमा सक्रमणको दर बढ्दो छ । हालसम्म १ सय ५० भन्दा बढी संक्रमित भईसकेका छन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies