काठमाडौं : चालु आर्थिक वर्ष २०७८/७९ को शुरुवातबाटै वस्तु निर्यातमा उत्साहजनक वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिना अर्थात साउन भदौमा नेपालले कुल ४४ अर्ब रुपैयाँ बराबरको निर्यात गरिसकेको छ ।
निर्यात अघिल्लो आर्थिक वर्ष २०७७/७८ को पहिलो दुई महिनामा २० अर्ब ४४ करोड रुपैयाँ बराबरको भएको थियो । यो वर्ष निर्यातमा ११५.४३ प्रतिशतको वृद्धिदर देखिएको छ ।
निर्यातमा भटमास र पाम तेलको हिस्सा बढी छ । यस्तो तेलको तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात भई भारतमा तेल निर्यात हुने गरेको छ । जसले नेपालको निर्यात बजारको आंकडालाई उत्साहित बनाइरहेको छ ।
भन्सार विभागका अनुसार निर्यातमा वृद्धि भएसँगै वैदेशिक व्यापारमा निर्यातको हिस्सामा समेत १९दशमलव ७४ प्रतिशतको वृद्धि भएको छ ।
नेपालको निर्यातमा १२ दशमलव २८ प्रतिशत निर्यातले बेहोर्दा आयातको भने ८७ दशमलव ७२ प्रतिशत हिस्सा रहेको छ ।
चालु आवमा निर्यातसँगै आयातमा समेत उल्लेख वृद्धि भएको पाइएको छ । दुई महिनामा ३ खर्ब १४ अर्ब ५१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ७५.८६ प्रतिशत हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies