– खगेन्द्र संग्रौला, स्याङ्जा
मुलुक विकासको सबैभन्दा महत्वपूर्णं आधारको रुपमा शिक्षालाई लिइन्छ । जीवन व्यवहारसँग सम्बन्धित शिक्षाको विकासबाट नै मुलुकको समृद्धि हुन्छ । तर, हाम्रोमा शिक्षा एकातिर जीवन व्यवहारभन्दा उल्टो छ भने अर्कोतिर शिक्षा क्षेत्र सिक्ने थलो बन्न सकेको छैन । हाम्रो शिक्षा क्षेत्र राजनीति गर्ने थलो मात्रै बनेको छ ।
यस्तोमा केही बौद्धिक मानिएको वर्गले शिक्षा क्षेत्रको अवस्थालाई परिवर्तन गर्नुपर्छ भनेर लागेका छन् । उनीहरुले शिक्षा क्षेत्र विशुद्ध सिक्ने थलोको रुपमा विकास गर्नुपर्ने बताइरहेका छन् । उनीहरुको जोड खोज–अनुसन्धान गर्ने थलो शिक्षा क्षेत्र बन्नुपर्छ भन्ने छ ।
तर, राजनीतिक क्षेत्रको मुल नेतृत्व शिक्षा क्षेत्र नै राजनीति गर्ने सिकाइको थलो बन्नुपर्छ भनिरहेका छन् । उनीहरुले शिक्षकलाई नेता र विद्यालय, क्याम्पसलाई राजनीतिक प्रतिपस्र्धा गर्ने थलो बनाउनुपर्ने धारणा राखेका छन् । प्रश्न उठेको छ, के यस्तो सोंचले हाम्रो शिक्षा क्षेत्रको उन्नती प्रगति होला ? के विकासको मुख्य आधारको रुपमा रहेको शिक्षाले मुलुक विकासमा टेवा पुर्याउला ?
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies