वीरगञ्ज : नक्कली नोटसहित बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले ८२ हजार ५ सय रुपैयाँ नक्कली नोटसहित बारा सिम्रौनगढ नगरपालिका–५ कनकपुर टोल बस्ने जगदेव महतो नुनियालाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका–५ कनकपुर टोलस्थित नुनियाको घरमा खानतलासी गर्ने क्रममा नक्कली नोट बरामद गरेको हो ।
ओछ्यान मुनि लुकाइ राखिएको अवस्थामा एक हजार दरका ८१ वटा र पाँच सय दरका तीन थान नेपाली नक्कली नोट बरामद गरिएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies