काठमाडौं : नेपाल टी–२० लिगमा भएको स्पट फिक्सिङमा दश जनाको संलग्नता रहेको खुलेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो ‘सीआईबी’ले गरेको अनुसन्धानले लिगमा भएको अनियमिता र फिक्सिङमा एक खेलाडी सहित चार जना नेपाली र छ जना विदेशी व्यक्ति संलग्न रहेको फेला परेको हो ।
आज पत्रकार सम्मेलन गर्दै सीआईबीले दशमध्ये चार जनाले बिचौलियाको काम गर्ने खुलेको जनाएको हो । सीआईबीका अनुािर स्पट फिक्सिङको अनुसन्धानका लागि क्रिकेटर मोहम्मद आदिल आलम र पूर्वक्रिकेटर महबुब आलमलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको छ ।
महबुब आलमले कम्तीमा दुई नेपाली खेलाडीहरुलाई आर्थिक प्रलोभन देखाई फिक्सिङ गर्ने प्रयास गरेको प्रहरीको दाबी छ । मोहम्मद आदिल आलम फिक्सरको प्रलोभनमा परी एक वाइड र एक नोबल बल फालेको देखिएको छ । व्यवस्थापकको भूमिकामा रहेका, खेलाडीसँग सम्पर्कमा भएका र खेलाडीहरूसमेत स्फट फिक्सिङमा संलग्न रहेको सीआईबीको भनाइ छ ।
वाइड, चौका, छक्का, नो, बल, नो रन लगायतमा खेलाडीलाई ६ लाखदेखि १० लाख रुपैयाँसम्म अफर गरेको पाइएको पनि सीआईबीले जनाएको छ ।
पक्राउ परेका दुई खेलाडी बाहेक अन्यको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्पट फिक्सिङको प्रमाण संकलन गरेको गरिएको क्यान र सेभेन थ्री लगाएत सवै अनुसन्धानको दायरामा आउने सीआईबीले स्पष्ट पारेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies