काठमाडौंः संखुवासभामा निर्माणाधीन अरुण तेश्रोको सुरुङ भत्किँदा एक जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । मृत्यु हुनेमा सिन्धुपाल्चोकका २० वर्षीय सूर्य गोले तामाङ रहेका छन् ।
सन्धुपाल्चोककै ३८ वर्षीय मंगल तामाङ र भोजपुरका ५४ वर्षीय भीमबहादुर पाण्डे घाइते भएका जनाएको छ ।
प्रहरीकाअनुसार दुवै जना घाइतेहरूको अवस्था सामान्य रहेको छ । मृतकको शव पोष्टमार्टमका लागि अहिले जिल्ला अस्पताल खाँदबारी ल्याइएको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies