काठमाडौं : परराष्ट्रमन्त्री विमला राई पौड्याल आज श्रीलंका भ्रमणमा जाँदै छिन् । श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा श्रीलंकाका परराष्ट्रमन्त्री एमयूएमअली साबरीको मैत्रीपूर्ण निमन्त्रणामा उनी श्रीलंका जान लागेकी हुन् ।
स्वतन्त्रता दिवसको अवसरमा शुक्रबार र शनिबार हुने सांस्कृतिक समारोह लङ्काराकङ्कामा परराष्ट्रमन्त्री पौड्याल सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । पौड्यालले श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने तथा त्यहाँको उच्च नेतृत्वसँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ ।
पौड्याल शनिबार २० गते कोलम्बो प्रस्थान गर्ने र २५ गते काठमाडौं फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies