सत्येन्द्रप्रताप सिंह/मध्यान्ह
रौतहटः रौतहट प्रहरीले १९ दिनमा १०६ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन गर्ने अभियान अन्तर्गत माघ १ गतेदेखि माघ १९ गतेसम्म जिल्ला प्रहरी कार्यालय, रौतहट तथा मातहत प्रहरी ईकाईहरुबाट खटिएको प्रहरी टोलीले अदालतबाट कैद तथा जरिवाना र सजाय भइ हालसम्म विभिन्न मुद्दामा फरार रहेका १०६ जना प्रतिवादीहरुलाई पक्राउ गरी अदालतमा पेश गरिएको सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक उमाशंकरप्रसाद यादवले जानकारी गराए ।
यस्तै रौतहट प्रहरीले डाँका चोरी र ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका दुईजना अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौर नगरपालिका ५ कोईरीटोल बस्ने १९ वर्षीय राहुल यादव र सोही नगरपालिकाको वडा नं. ४ बस्ने १९ वर्षीय रवि यादव रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बुधबार गौर २ लाल बकैया खोलापारी केरा घारीमा डाँका चोरी र ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त बसेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटेको प्रहरी टोलीले सर्च अप्रेशन गर्दै जाँदा दुबैजनालाई नियन्त्रणमा लिएको हो । नियन्त्रण लिने क्रममा राहुलले बोकेको चक्कु प्रहार गर्दा प्रहरी सहायक हवल्दार सुरेश यादवको दाहिने हातमा चोट लागेको थियो ।
प्रहरीले ५४ टाइप ठूलो चाईनिज पेस्तोलबाट १ राउण्ड हवाईफायर गरी राहुललाई चक्कु र कैँची १/१ थान सहित नियन्त्रणमा लिएको छ । अर्का फरार एकजनालाई पनि बिहीबार बिहान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक यादवले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies