काठमाडौंः काठमाडौं जिल्ला अदालतले पृथ्वीबहादुर शाहसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।
काठमाडौं जिल्ला अदालतले सोमबार पृथ्वीबहादुरसहित उनका भाइ विजयविक्रम शाह, अनुप खड्का, चक्रबहादुर खत्री, रुक्मांगत काफ्ले र रंगबहादुर साउदलाई ठगी, लिखत कीर्ते, सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसूरमा पुर्पक्षका लागि थुनामा पठाएको हो ।
पक्राउ परेका ७ जनामध्ये भक्तपुरकी २४ वर्षीया विनिता तामाङलाई ५० हजार रुपैयाँ धरौटीमा छोडिएको छ ।
सोही मुद्दामा अन्य १३ जना फरार रहेका प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies