तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : नेपाल आइडलबाट चर्चामा आएकी युवा पुस्ताकी चर्चित गायिका रचना रिमाल कतार आइपुगेकी छन् l कोसी प्रदेश समन्वय परिषद् कतारको आयोजनामा शुक्रबार सम्पन्न हुन लागेको 'विन्टर आउटडोर फेस्टिभल २०२३' मा आफ्नो सांगीतिक प्रस्तुति दिन रिमाल कतार आएकी हुन् । उनले कतारमा रहेका सबै नेपालीहरूलाई कार्यक्रममा आमन्त्रणसमेत गरेकी छिन् l
स्तरहत अल्दार क्लब उम सलाल अलिमा हुने कार्यक्रममा रिमालसँगै थुप्रै कतारमा स्थापित कलाकारले आफ्नो सांगीतिक प्रस्तुति दिने आयोजकले जनाएको छ । सःशुल्क प्रवेश गर्न सकिने कार्यक्रमलाई सफल तुल्याउनको लागि कतारमा रहने कोसी प्रदेशवासी तथा सम्पूर्ण नेपालीहरुलाई उपस्थित हुन पनि आयोजक संस्थाले आग्रह गरेको छ । कोसी प्रदेशमा १४ जिल्ला संस्थाहरू रहेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies