पुस्तक रेग्मी/मध्यान्ह
पोर्चुगल : पोर्चुगलमा यही मार्च २९ देखि राहदानी सेवा उपलब्ध गराउने टोली आउने भएको छ ।
विगत लामो समयदेखि पोर्चुगलका नेपालीहरुको पासपोर्ट बनाउनुपर्ने समस्या बढ्दै गएको थियो । सोही समस्याको समाधान गर्न अब फ्रान्सस्थित नेपाली दूतावासका प्रतिनिधि एवं परराष्ट्र मन्त्रालय अन्तर्गत राहदानी विभागबाट आउने टोलीले यही २९ मार्चदेखि २५ अप्रिलसम्म जैविक तथ्यांक संकलन गर्ने दूतावासले एक सूचना जारी गर्दै जानकारी दिएको छ ।
दरखास्त संकलनको कार्य शनिबारबाहेक अन्य प्रत्येक दिन बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म रहने पनि सूचनामा उल्लेख छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies