काठमाडौं : दक्षिण कोरिया सरकारले कामदारहरूलाई आराम तथा मनोरञ्जनका लागि समयको प्रबन्ध गर्न वैकल्पिक बिदा दिने निर्णय गरेको छ । यसबाट कोरियाली कामदारसँगै रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत कोरिया गएका नेपाली कामदारहरु पनि लाभान्वित हुने अपेक्षा गरिएको छ ।
हाल कोरियामा ४० हजारभन्दा बढी नेपाली कार्यरत रहेका छन् । उनीहरू सार्वजानिक बिदाको नयाँ नियमबाट लाभान्वित हुनेछन् । कोरिया सरकारले वर्षको १५ दिन सार्वजनिक बिदा दिँदै आएको छ ।
कोरिया सरकारले सार्वजनिक बिदा साताको अन्तिम दिनमा परे वैकल्पिक दिन बिदा दिने निर्णय गरेको छ । जसअनुसार बुद्धजयन्ती र क्रिसमस शनिबार वा आइतबार बिदाको दिनमा परेमा कामदारले सोमबार बिदा पाउनेछन् ।
कोरियामा निरन्तर काम गर्नुपर्ने र रोजगारदाताले भाषाको समस्याले कामदारको माग नबुझ्ने वा सम्बोधन नगरिदिने गरेका कारण नेपालीसहित विदेशी कामदार मानसिक तनावको अवस्थामा पुग्ने गरेका छन् ।
कोरियाली सरकारले कामदारहरूको मानसिक तनाव कम गरी उनीहरूलाई पर्याप्त आराम दिन वैकल्पिक बिदाको व्यवस्था गरेको बताएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies