काठमाडौं : साउदीका जेलमा रहेका नेपालीमध्ये अधिकांशमाथि प्रतिबन्धित मादक पदार्थ ‘रक्सी’ ओसारपसारको अभियोग रहेको छ । साउदी अरेबियास्थित नेपाली दूतावासमा कार्यरत काउन्सिलर श्रम देवेन्द्र कार्कीले जेल तथा थुनुवा केन्द्रहरूको निरीक्षणमा उक्त अवस्था देखिएको बताएका छन् ।
दूतावासको साप्ताहिक फेसबुक कार्यक्रममा काउन्सिलर कार्कीले त्यस्तो अवैधानिक कार्यमा नेपालीले नेपालीलाई नै दुरुपयोग गरेको बताए ।
साउदी अरबमा मदिराको उत्पादन तथा बिक्री अवैधानिक रहेको छ । अवैधानिक कार्यमा लाग्नेलाई कारोबारको परिमाणअनुसार जेल सजाय हुने गरेको छ ।
कुवेतमा पनि अवैध मदिराको उत्पादन तथा बिक्रीमा नेपाली कामदारहरु पटक–पटक पक्राउ पर्ने गरेका छन् । कुवेतमा अवैधानिक अवस्थामा बसेका नेपालीहरू मदिराको अवैध कारोबारमा लाग्ने गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies