काठमाडौंः प्रतिनिधि सभा सदस्य सोविता गौतमले मूलपानी क्रिकेट रङ्गशाला निर्माणलाई तीव्रता दिन आग्रह गरेकी छिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेतृसमेत रहेकी गौतमले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालसँग भेट गरी मूलपानी क्रिकेट रङ्गशाला निर्माणलाई तीव्रता दिन आग्रह गरेकी हुन् । उनले प्रधानमन्त्रीसमक्ष आफू निर्वाचित भएको काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ का विभिन्न समस्या पनि राखेकी थिइन् ।
सांसद गौतमले नेपालले क्रिकेटमा सफलता प्राप्त गरेको सन्दर्भमा सरकारले अर्को क्रिकेट मैदान जतिसक्दो चाँडो पूरा गरेर अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न योग्य बनाउनुपर्ने बताइन् । सोही अवसरमा प्रधानमन्त्री दाहालले मूलपानी क्रिकेट मैदान निर्माणलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies