दैलेख : दैलेखमा एलपी ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । भे१ख २२०१ नम्बरको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।
बुधबार बिहान करिब ८ बजेर ४० मिनेटमा गुराँस गाउँपालिका–४, तालपोखरीमा सिलिन्डर बोकेको ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी किशोर लम्सालले जानकारी दिए ।
दुर्घटनामा परी मृत्यु हुनेमा बाँकेका अन्दाजी ३१ वर्षीय चालक कृष्ण चौधरी, कामदारहरू विष्णु चौधरी र लक्षिराम चौधरी रहेका छन् । सहचालक प्रकाश कुमाई भने सकुशल रहेको डीएसपी लम्सालले जानकारी दिए ।
ट्रक सडकदेखि अन्दाजी १५० मिटर तल अर्को सडकमा खसेको उनले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies