काठमाडौंः राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपाल बागमती प्रदेश समितिले रामेछापको मन्थलीमा बागमती सांस्कृतिक सम्मेलन आयोजना गर्ने भएको छ ।
महासङ्घले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी बागमती प्रदेशमा भएका कला, वास्तुकला, चित्रकला, मूर्तिकला, नाटक र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले उक्त सांस्कृतिक सम्मेलन गर्न लागेको जानकारी दिएको हो ।
सम्मेलनले बागमती प्रदेशभित्रका लोक संस्कृति र कलाको पहिचान, साहित्य लेखनका प्रमुख प्रवृत्ति पहिल्याउनुका साथै प्रदेशभित्रका स्थापत्यकला, चित्रकला, मूर्तिकला, सङ्गीतकला र प्रदर्शन कलाको प्रदर्शन गर्नुका साथै मूल प्रवृत्ति पहिचान गरी बागमती प्रदेशभित्र रहेका सांस्कृतिक एवं अन्य सम्पदाको पहिचान र तिनको पर्यटन प्रवर्द्धनसँग सम्बन्धित विमर्शबाट नीति निर्माणमा सहयोग पुग्नेसमेत विश्वास व्यक्त गरिएको छ ।
रामेछापका खाडादेवी गाउँपालिकाका प्रमुख ज्ञानकुमार श्रेष्ठले ऐतिहासिक भूमिमा सम्मेलन गर्ने लागेकोप्रति खुसी व्यक्त गर्दै उक्त कार्यक्रमले रामेछापको कला, साहित्य, गीत, सङ्गीतलगायत समग्र क्षेत्रको विकासमा मद्दत पुग्ने बताए ।
नेकपा (एमाले)का जनसांस्कृतिक महासङ्घ, नेपालले इन्चार्ज माधव प्रधानले त्यो क्षेत्रमा रहेका लोकसंस्कृति, कला, लेखन, मूर्तिकलालगायत समग्र सम्भावनको पहिचान गर्ने उद्देश्य रहेको धारणा राखे ।
सम्मेलनका अवसरमा चिरायु अस्पतालका सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन हुनेछ । चिरायु अस्पतालमा निर्देशन डा. सञ्जीवराज भण्डारीले जनसांस्कृतिक महासङ्घसँग मिलेर चिरायु अस्पतालमा निःशुल्क स्वास्थ सञ्चालन गर्ने र मन्थलीका मानिसलाई सेवा दिन पाउँदा खुसी लागेको बताए ।
गायक अमृत खातीले पहिलोपटक रामेछापमा सम्मेलन गर्न लागेको भए पनि बागमती प्रदेशमा १३ वटै जिल्लामा रहेका लोकसंस्कृति, कला, साहित्य लेखन, मूर्तिकलालगायत समग्र सम्भावनको पहिचान गर्ने योजना रहेको जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies