कमाठमाडौं : प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलमा नेपालले लाओसलाई हराएकाे छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएकाे खेलमा नेपालले लाओसलाई २–० गाेलले हराएकाे हाे ।
नेपालका लागि अनन्त तामाङले खेलकाे ३० औँ र नवयुग श्रेष्ठले खेलकाे ५५ औँ मिनेटमा गाेल गरे ।
बुधबारदेखि शुरु भएकाे प्रतियाेगितामा नेपालले अर्को खेल चैत १४ गते भुटानसँग खेल्नेछ । सिङ्गल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्नेछन् ।
विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २ सय ५० डलर पाउने छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies