काठमाडौं : गायक राजेश पायल राईको स्वरमा ‘काली काली’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।
टी.एन आचार्यको शब्द रहेको गीतमा लक्ष्मण पोखरेलले संगीत भरेका छन् । गीतमा गजित बिष्ट, गम्भीर बिष्ट र मोडल सामारिका ढकाल फिर्चड छन् । गजित र गम्भीर दुवै चल्तीका निर्देशक तथा काेरियाेग्राफर हुन् । गजितले चलचित्रमा समेत काम गरिसकेका छन् । सम्बन्धले यी दुई दाजुभाइ पनि हुन् ।
लामो अन्तरालपछि दुई दाजुभाइले एउटै गीतमा कम्मर मर्काएका छन् । भिडियोलाई निर्देशक सुरेन्द्र बसेलले निर्देशन गरेका हुन् ।
टी.एन आचार्यले नै निर्माण गरेको गीतलाई विकास नेपालले कोरियोग्राफी गरेका छन् । ‘द प्रिमियर प्रोडक्सन’बाट सार्वजनिक भएको भिडियाेमा अशोक थापाको एरेन्ज, मनोज दङ्गाेलको मिक्सिङ र दिनेश पराजुलीको सिनेमाटाेग्राफी रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies