बैतडीः बैतडीमा १६ वर्षमुनिको क्रिकेट छनोट प्रतियोगिता आजदेखि शुरु हुँदैछ । यहाँका पालिकाबाट छनोट भएर आएका खेलाडीबाट टोली बनाएर प्रतिस्पर्धा गराउन लागिएको हो ।
बैतडी जिल्ला क्रिकेट सङ्घका सचिव सिद्धराज बोगटीका अनुसार छनोट प्रतियोगितामा सहभागी गराउन सबै पालिकालाई जिल्ला क्रिकेट सङ्घले पत्राचार गरेको छ । सहभागी हुने खेलाडीले अनिवार्यरुपमा उमेर खुल्ने कागजपत्र पेश गर्नुपर्नेछ ।
छनोट प्रतियोगिता देहिमाडौँस्थित निङ्ग्लाशैनी खेल मैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका आधारमा जिल्ला टोली छनोट गर्ने प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले बताए । छनोट भएको टोलीले प्रदेशस्तरीय छनोट प्रतियोगिता खेल्नेछ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले मलेशियामा हुने १६ वर्षमुनीको क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै जिल्ला छनोट यही चैत १५ भित्र गरिसक्न निर्देशन दिएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies