प्रचण्ड खत्री/रुकुम पश्चिम
रुकुम पश्चिम : रुकुम पश्चिमका गाउँका युवाहरु ब्याडमिन्टन खेलप्रति आकर्षित हुँदै गएका छन् ।
यसअघि रुकुम पश्चिममा सदरमुकाममा रहेका सरकारी कार्यलयका कर्मचारीले मात्र खेल्दै आएको ब्याडमिन्टन खेल अहिले भने गाउँका युवाहरुले पनि खेल्न शुरु गरेको ब्याडमिन्टन खेलाडी एवं स्वास्थ्यकर्मी विवेक बुढाथोकीले बताए । बुढाथोकीले आफू स्वास्थकर्मी भएदेखि ब्याडमिन्टन खेल्ने गरेको बताए ।
आठबिसकोटका नगरपालिका वडा नं. ३ का स्थानीय युवा रमेश बुढाले आफू साथीहरुसँग बिहानै ब्याट, कक र नेट बोकेर ब्याडमिन्टन खेल्न जाने गरेको बुढाले बताए । आफू र साथीहरुले दैनिक २ घण्टा ब्याडमिन्टन खेल्ने गरेको बताउँदै उनले खेल क्षेत्रमा विकास गर्ने उद्देश्य रहेको बताए । उनले ब्याडमिन्टन खेल्दा स्वास्थ्य पनि राम्रो हुने बताए ।
बाफिकोट वडा नं. १० का वडा अध्यक्ष हरि चन्द धेरैजसो गाउँ र गाउँका समस्या सुन्न गाउँमा व्यस्त हुन्छन् । तर व्यस्तताका बाबजुद पनि आफू सधैं गाउँका युवाहरुसँग मिलेर ब्याडमिटन खेल्ने गरेको उनी बताउँछन् ।
ब्याडमिन्टन खेल राष्ट्रिय खेलको रुपमा चिन्निन्छ । स्थानीय तहले यस खेललाई जगेर्ना गर्न जरुरी रहेको गाउँका युवाहरु बताउँछन् । स्थानिय तहले युवाहरुलाई ब्याडमिन्टन खेल्न प्रोत्साहन गरे खेल क्षेत्रमा खेलाडी उत्पादन हुने युवाहरु बताउँछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies