काठमाडौं : विश्व लगानीकर्ता सप्ताह–२०२३ का अवसरमा प्रभु क्यापिटल लिमिटेडले पूँजी बजार सम्बन्धमा युवा केन्द्रित वित्तीय चेतनामूलक कार्यक्रम गरेको छ । क्यापिटलले काठमाडौंको मैतिदेवी स्थित यूनिभर्सल कलेजका बिबिएमा अध्ययनरत विद्यार्थीका लागि शुक्रबार एक कार्यक्रम गरी चेतनामूलक कार्यक्रम आयोजना गरेको हो ।
कलेजका ५० जना भन्दा बढी विद्यार्थीहरुको सहभागिता भएको उक्त तालिम कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडका योजना व्यवस्थापक सौगात पन्तले विद्यार्थीहरुलाई शेयर बजार, प्राथमिक तथा दोस्रो बजारसम्बन्धी आधारभूत कुराहरु, शेयर बजारमा दीर्घकालीन तथा अल्पकालीन लगानी गर्दा पाइने प्रतिफल सम्बन्धी विषयहरुमा प्रशिक्षण प्रदान गर्नुभएको हो ।
प्रभु क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय–समयमा शेयर तथा पुँजी बजारसंग सम्बन्धित तालिम कार्यक्रम, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies