काठमाडौं : करिब २२ लाख नेपाली वैदेशिक रोजगारलगायतको प्रयोजनमा मुलुक बाहिर रहेको देखिएको छ । राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदनका अनुसार २१ लाख ९० हजारभन्दा बढी नेपाली विदेशमा रहेको देखिएको हो ।
यो संख्या दश वर्षअघिको जनगणना २०६८ को भन्दा २ लाख ६९ हजार ९८ जनाले बढी हो । २०६८ को जनगणनामा १९ लाख २१ हजार ४ सय ९४ जना विदेशमा काम कारोबार तथा बसोबासमा रहेको देखिएको थियो ।
दश वर्षपछिको जनगणना २०७८ मा १७ लाख ९९ हजार ६७५ जना पुरुष र ३ लाख ९० हजार ९१७ महिला विदेशमा रहेको देखिएको हो । विदेशमा रहेका नेपालीमध्ये पुरूषको संख्या ८२.२ प्रतिशत र महिलाको संख्या १७.८ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies