काठमाडौं : मेकअप आर्टिष्ट टेकराज पाण्डे सम्मानित भएका छन् । मण्डला इन्टरटेनमेन्टको आयोजनामा हालै सम्पन्न सुपर मोडल इन्टरनेशनल नेपालको ग्राण्ड फिनालेको भव्य समारोहमा राज मेकअप स्टुडियोका प्रमुखसमेत रहेका पाण्डेलाई सम्मान गरिएको हो ।
पाण्डेलाई नेपाली सौन्दर्य प्रतियोगीताहरुको विकास र प्रवर्द्धन तथा नेपाली कला संस्कृतिको क्षेत्रमा उत्कृष्ट योगदान दिए वापत उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।
करिब एक दशकभन्दा लामो समयदेखि मेकअप आर्टिष्टको रुपमा सक्रिय पाण्डे स्वयं पनि इभेन्ट डाइरेक्टर हुन् ।
प्रतिनिधि सभाका सांसद तथा पूर्वमन्त्री एवम् कार्यक्रमका विशेष अतिथि भगवती चौधरीले पाण्डेलाई सम्मान प्रदान गरेकी थिइन् । कार्यक्रमको अध्यक्षता आयोजक संस्थाकी कार्यकारी प्रमुख सजिना तामाङले गरेकी थिइन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies