धनुषा : धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा शनिबार बिहान दुईवटा ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा ३ जनाको घटनस्थलमै मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ख ९२९२ नम्बरको ट्रक ठोक्किएर दुर्घटना हुँदा सुनसरीका २८ वर्षीय चालक सागर चौधरी, सहचालक अर्जुन चौधरी र मोरङका ४४ वर्षीय लोकमान श्रेष्ठको मृत्यु भएको धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
सो दुर्घटनामा सर्लाहीका २० वर्षीय नारायण श्रेष्ठ घाइते भएका छन् । घाइतेको ढल्केवर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies