काठमाडौं : सशस्त्र प्रहरी बलको एपीएफ क्लबले यहाँ जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई पराजित गरेको छ । एपीएफले कोशीलाई सात विकेटले पराजित गरेको हो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै कोशीले निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाएर ८७ रन बनायो । एपीएफले ८८ रनको विजयी लक्ष्य १८ दशमलव एक ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।
एपीएफका लागि ममता चौधरीले अविजित २१, कप्तान सीता राना मगरले १९, इन्दु बर्माले १८ तथा ज्योती पाण्डे र रोमा थापाले ११/११ रन बनाइन् । बलिङतर्फ कोशीका लागि एलिशा खादिया, रुबिना क्षेत्री र निशा साहले एक एक विकेट लिइन् ।
यसअघि ब्याटिङ गर्दै कोशीका लागि काजल श्रेष्ठले २९, कप्तान रुबिना क्षेत्रीले २४ र अप्सरी बेगमले २२ रन बनाइन् । बलिङतर्फ एपीएफका लागि सीता राना मगरले तीन तथा इन्दु बर्माले एक विकेट लिइन् । जितसँगै एपीएफ क्लब अङ्क तालिकाको शीर्ष स्थानमा पुगेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies