काठमाडौं : मध्यान्ह राष्ट्रिय दैनिकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा कार्यकारी सम्पादक दीपेन्द्रविक्रम तामाङको निधन भएको छ । ब्रेन स्ट्रोकका कारण भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचाररत ४४ वर्षीय तामाङको शनिबार दिउँसो निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
गत फागुन २८ गते आइतबार बिहान आफ्नै निवासमा शौचालय जाँदा ब्रेन स्ट्रोक भएर ढलेका तामाङलाई उपचारका लागि चाबहिलस्थित दीर्घायू अस्पताल पुर्याइएको थियो । दीर्घायूमा उपचार सम्भव नभएपछि उनलाई भैसेपाटीस्थित मेडिसिटी अस्पताल रिफर गरिएको थियो ।
तामाङ २०७९ माघ १ गतेदेखि मध्यान्ह राष्ट्रिय दैनिकका सीईओ तथा कार्यकारी सम्पादकका रुपमा कार्यरत थिए ।
यसभन्दा अगाडि उनले जनता टेलिभिजन, नेपाल समाचारपत्र, न्यूज २४ टेलिभिजन, सिटिजन एफएम, रेडियो सगरमाथा, टाइम्स एफएम, इमेज च्यानल, सहयात्री मासिक, तामाङ टाइम्स, सिनेयात्री मासिक लगायतमा काम गरेका थिए । स्व. तामाङको श्रीमती, एक छोरी र एक छोरा छन् ।
स्व. तामाङको शवलाई बौद्धस्थित तामाङ गुम्बामा राखिएको छ । स्व. तामाङको शवलाई अन्तिम श्रद्धान्जलीका लागि आइतबार बिहान ११ बजेदेखि १२ बजेसम्म राष्ट्रिय नाचघरमा राखिने र लामा गुरुहरुको सल्लाहमा बौद्ध परम्पराअनुसार अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies