ललितपुरः ललितपुर महानगरपालिका वडा नम्बर १ कुपण्डोलका विभिन्न विद्यालयमा दादुरा रोगको शंकास्पद बिरामी भेटिएको पाइएको छ । हालसम्म लक्षण देखिएका १० जना विद्यार्थीहरुको रिर्पोट परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र पाटन अस्पतालमा पठाइएको छ ।
सोमबार ललितपुर महानगरपालिका १ वडाका वडा अध्यक्ष निर्मल तण्डुकारको अध्यक्षतामा बसेको आकस्मिक बैठकले दादुरा रोग नियन्त्रण तथा रोकथामको लागि स्वास्थ्यकर्मी परिचालन, तथ्यांक संकलन, औषधिको व्यवस्थापन, जनचेतनाको कार्यक्रम अघि बढाउने निर्णय गरिएको थियो ।
उक्त बैठकमा ललितपुर महानगरपालिकाका प्रवक्ता एवं सामाजिक विकास समितिका संयोजक राजु महर्जन, जनस्वास्थ्य अधिकृत सरिता महर्जन, नाइटिंगेल स्कुल र नार्गाजुरा एकेडेमीका प्रिन्सिपललगायत सरोकारवाला निकायका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
दादुरा रुवेलाको महामारीलाई नियन्त्रण तथा रोकथाम गर्नको लागि बिरामी देखिएका विद्यालय बन्द गर्ने तयारी समेत भइरहेको जनाइएको छ ।
आधारभूत स्वास्थ्य केन्द्र १ वडाका प्रमुख मधुकरमणि आचार्यकाअनुसार दादुरा सरुवा रोग भएको हुँदा यसको लक्षण देखिएमा छुट्टै आइसोलेसन बस्न र तत्काल वडामा जानकारी गराइदिनसमेत अनुरोध गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies