ललितपुर : गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदमा महेशकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेका श्रेष्ठले जापानको काएचु विश्वविद्यालयमा पीएचडी हासिल गर्ने क्रममा रहेको बताएका छन् ।जापान नेपाली कामदारहरुका लागि पनि रोजगारीको आकर्षक गन्तब्य मानिन्छ ।
शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा श्रेष्ठले समग्र गैरआवासीय नेपालीलाई एकताबद्ध गर्दै नेपालको समृद्धिका लागि साधन र स्रोत परिचालन गर्ने प्रतिबद्धता सार्वजनिक गरे ।
बागलुङमा जन्मिएर पर्वतको कुश्मामा हुर्किएका श्रेष्ठ नेपाल र जापानमा परिचित व्यवसायी हुन् । जापानस्थित सिटी एक्सप्रेस मनि ट्रान्सफर जापानको प्रमुख कार्यकारीसहित कम्पनीका सञ्चालक रहेका उनी कृषि व्यवसायी पनि हुन् । हाल एनआरएन आईसीसीको केन्द्रीय उपाध्यक्ष रहेका उनले अध्यक्षमा निर्वाचित भएमा संघले स्थापनाकालदेखि उठाउँदै आएका नेपाली कामदारसहित सबै एजेण्डा कार्यान्वयन गराउन विशेष पहल गर्ने प्रतिबद्धता जनाए ।
संघको आगामी महाधिवेशनमा अध्यक्षका लागि वर्तमान अध्यक्ष डा बद्री केसी र उपाध्यक्ष राजेन्द्र कुमार (आरके)शर्माले उम्मेदवारी दिने बताएका छन् ।
एनआरएनएको उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका डा. केशव पौडेलले श्रेष्ठलाई समर्थन गरेको बताए । उम्मेदवारी घोषणा कार्यक्रममा उपाध्यक्ष नरेन्द्र भाट, युवा उपाध्यक्ष राज रेग्मी, सचिव प्रविन गुरुङ, सचिव गंगाधर गौतम, प्रवक्ता सोम सापकोटा, अमेरिकाका पूर्वअध्यक्ष बुद्धि सुवेदीले अध्यक्षमा श्रेष्ठलाई समर्थन गरेको घोषणाा गरे । श्रेष्ठले केही दिनभित्रै प्यानल सार्वजनिक गर्ने तयारीमा रहेको जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies