काठमाडौं : मध्यान्ह राष्ट्रिय दैनिककी प्रकाशक सीतादेवी श्रेष्ठ तीज महिला पत्रकारिता सम्मान–२०८० बाट सम्मानित भएकी छन् ।
नेपाली महिलाहरुको महान पर्व तीजको अवसर पारेर नेशनल बक्स अफिसले भक्तपुरको घोप्टे डाँडास्थित एक रिसोर्टमा आयोजना गरेको तीज म्युजिक अवार्ड कार्यक्रममा प्रकाशक श्रेष्ठलाई विगत २१ वर्षदेखि मध्यान्ह दैनिक निरन्तर प्रकाशन गरेर नेपाली पत्रिका प्रकाशनको श्रीवृद्धि गर्न अविछिन्न सेवासहित योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो ।
प्रकाशक श्रेष्ठलाई कार्यक्रमकी प्रमुख अतिथि एवम् राष्ट्रिय दलित आयोगकी सदस्य मिनादेवी सोवले सम्मान पत्र र बक्स अफिस इन्टरनेशनल ग्रुपका अध्यक्ष आर के सुवेदीले फूलमाला अर्पण गरेर सम्मान गरेका थिए । सोही कार्यक्रममा स्वास्थकर्मी कमला थापा र चलचित्र निर्माता वितरक रत्न श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा निर्णायक मण्डल वरिष्ठ निर्माता किशान पोख्रेल, निर्देशक सत्यराज चौलागाईं, कलाकार केदार खड्का, निर्देशक शिव घिमिरे, नृत्य निर्देशक प्रदीप डंगोललाई बिदाइ गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सोव, मध्यान्ह दैनिकका सम्पादक मदनकुमार श्रेष्ठ, प्रभाव दैनिकका प्रवन्ध निर्देशक कृष्ण कार्की, राष्ट्रवाणी साप्ताहिकका सम्पादक ताराचन्द्र देवकोटालगायतले तीजको शुभकामनाका साथै बक्स अफिसका अध्यक्ष सुवेदीले गरेका कार्यहरुको प्रसंशा गरेका थिए ।
बक्स अफिस इन्टरनेशनल ग्रुपका अध्यक्ष सुवेदीको अध्यक्षतामा भएको सो कार्यक्रम कलाकार समिर लामाले सञ्चालन गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies