काठमाडौं : पछिल्लो पाँच वर्षमा नेपाललगायत विभिन्न देशबाट बेचबिखनमा परेका एक हजार छ सय ७९ जनाको उद्धार गरिएको छ । नेपाल प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि आर्थिक वर्ष २०७९/०८० सम्ममा बेचबिखनमा परेका उनीहरुको उद्धार गरिएको हो । यसमा वैदेशिक रोजगारीका नाममा भएको बेचविखनका पीडित पनि रहेका छन् ।
ब्यूरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार विभिन्न जिल्लास्थित प्रहरी कार्यालयबाट एक हजार एक सय ३४ जनाको उद्धार गरिएको छ । ब्यूरोले आफ्नो पहलमा पाँच सय ४४ जनाको उद्धार गरिएको जनाएको छ । उद्धार गरिएकामध्ये एक हजार ७८ महिला तथा ६ सय पाँच पुरुष रहेका छन् ।
आर्थिक वर्ष २०७८/०७९ मा बेचबिखनमा परेकामध्ये २ सय १४ जनाको उद्धार गरिएको प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले बताए । यस्तै आर्थिक वर्ष २०७९/०८० मा ३ सय ३६ जनाको उद्धार गरिएको थियो । वैदेशिक रोजगारीका नाममा बेचबिखन बढ्दो रहेको उनले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies