काठमाडौं : दोस्रो म्युजिक खबर तीज म्युजिक अवार्ड २०८० सम्पन्न भएको छ । प्रतिनिधि सभाकी उपभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यता तथा म्युजिक खबर तीज म्युजिक अवार्डकी अध्यक्ष सबिता पोखरेलको सभापतित्वमा दोस्रो म्युजिक खबर तीज म्युजिक अवार्ड सम्पन्न भएको हो ।
कार्यक्रममा सुमन परियारको टिकटक भाइरल र सलिना नेपालीको रुपै सलल गीतबाट सर्वोत्कृष्ट तीज दोहोरी गीत गायक गायिका घोषित भएका थिए । त्यस्तै गायिका सुमित्रा कोइराला सर्वोत्कृष्ट मौलिक गायिका घोषित भइन् । त्यस्तै गायिका जुना श्रीष माइतीघरबाट सर्वोत्कृष्ट मौलिक गीत गायिका बन्न सफल भइन् भने संगीतकार दिपक शर्मा छोरीको जिन्दगी दुई तिर बोलको गीतबाट सर्वोत्कृष्ट संगीतकार घोषित भए ।
कार्यक्रममा प्रमुख अतिथिको हातबाट गायिका दुर्गा गुरुङ, गायिका मन्जु पौडेललाई संगीत नारीरत्न सम्मान प्रदान गरिएको थियो । त्यस्तै पत्रकार जयन सुब्बा मानन्धरलाई राष्ट्रिय कला पत्रकारिता विशेष सम्मान प्रदान गरिएको थियो भने खेलाडी नन्दा बस्याललाई राष्ट्रिय खेल विशेष सम्मान प्रदान गरिएको थियो ।
त्यस्तै वरिष्ठ सौन्दर्यकर्मी रश्मिला श्रेष्ठलाई राष्ट्रिय सौन्दर्यकला विशेष सम्मान प्रदान गरिएको थियो । वरिष्ठ गायक कृष्ण कँडेल र निर्देशक बबिता श्रेष्ठलाई राष्ट्रिय कला विशेष सम्मान प्रदान गरिएको थियो । त्यस्तै गायिका सरिता भारती र गायिका सरु गौतमलाई राष्ट्रिय गायन सम्मान प्रदान गरिएको थियो भने समाजसेवी सुरेश चन्द इनानीलाई राष्ट्रिय समाजसेवी सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा विभिन्न विधामा सम्मान तथा अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा गायिका दुर्गा परियार, गायक रोशन सिंह, मोडल अन्जली अधिकारी र मोडल अन्जु निरौला निर्णायक मण्डलमा रहेका थिए । कार्यक्रमलाई पठाओ प्रा.लि., प्रभु बैंक, कामना सेवा विकास बैंक, बिजी मल, चिरायू हस्पिटललगायतले प्रायोजन गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies