–लेखराज रेग्मी
हरितालिका तीज कस्तो पर्व हो ? यसको सुरुवात कुन समयदेखि भयो होला ? यसका मिथकीय कथा कसरी कहिलेदेखि प्रचलनमा छन् ? यसको सामाजिक हैसियत र धार्मिकिकरणबारे के बुझ्न सकिएला ?
अध्येता र अनुसन्धाताहरुका समाज वैज्ञानिकको निष्कर्षसहित ऐतिहासिक विवेचना आवश्यक छ या यो काम भैसकेको छ ? भएको छैन भने यसको विवेचना हुन आवश्यक छ वा छैन ? पंक्तिकार तार्किक ढंगले आफ्ना केही कुरा राख्न त सक्छ तर, आवश्यक हो समाज वैज्ञानिक ऐतिहासिक विवेचनाको ।
स्वास्थ्य विज्ञानको आधारबाट हेर्दा, धर्मपत्नीको शरीरलाई अम्लपित्त र वायुविकारमा होमेर लोग्नेप्रतिको प्रतिबद्धता पुष्टी गर्नुपर्ने अमानवीय परीक्षण गर्नु ठिक हो भन्ने त लागेको छैन । “तिम्रो शरीर कृया जो मसँग स्वतन्त्र तर, आफ्नै ढंगले चल्छ र यसको लाभ हानी स्वयम् तिम्रो शरीरले व्यहोर्ने हो, यसले कसरी मेरो दीर्घ जीवनको सुनिश्चितताको प्रत्याभूति गर्ला ?”, यो प्रश्न सचेत व्यक्तिमा अनिवार्य आउनुपर्छ । पंक्तिकारको बुझाईमा यो यो महिलाहरुसँग गरिएको ‘इमोश्नल ब्ल्याकमेल’ बाहेक केही होइन ।
फोहोर खुट्टाको पानी पिउने कुरा अपमानसँग सम्बन्धित छ । जीवनसाथीको यो अपमान कसरी लोग्नेको गौरवको कुरा हुन सक्ला ? यस अर्थमा यो घृणालायक तर्क प्रणाली हो भन्ने पंक्तिकारलाई विश्वास छ ।
यो महिलाहरुले पाएको हर्ष उल्लासको अवसर हो भने भोको होइन, पेटभरी खाएर नाचगान गर्ने । वनभोज मोडेलमा (वनभोज नेपाली संस्कृति पनि हो) रमाइलो गर्ने व्यवस्था गर्दा के हुन्छ ?
यही दिन कसरी कुन कारणले प्रचलित भयो ? तथ्यहरुले पुष्टी ग¥यो भने त यो आठ मार्चभन्दा ठूलो स्वतन्त्रता मान्यता र जीतको पर्व हुनसक्छ । यसलाई पुनः खोसेर पुरुषवादले यति विकृत गराएको पनि हुनसक्छ ? आफूलाई महिलावादी÷नारीवादी आन्दोलनका हस्ती ठान्ने महिलाहरु नै किन यस विषयमा खोज गर्न तत्पर छैनन् ?
यो किन हरितालिका हो ? तर, तीज किन उत्तराखण्डमा रहेका हिन्दूहरुमा मात्र यसरी मनाइँदैछ ? अन्य जाति तथा धार्मिक समुदायमा किन प्रचलनमा छैन ? यसले त तीजको सार्वभौमिकता कतै पुष्टि गर्दैन ?
यो जनस्तरको परम्परागत पर्व हो भने यसको ऐतिहासिकता पुष्टी हुनुपर्छ र यसमा जोडिएका मिथकहरुको सान्दर्भिकता पुष्टी हुनुपर्छ । यसलाई अन्धविश्वास र रुढीवादी मान्यताबाट मुक्त गरेर थप सम्मानजनक बनाउन सकिन्छ होला । आउनोस्, यी सबै प्रश्नको जवाफसहित तथ्यलाई स्थापित गर्ने, ढोंग र अन्धविश्वासलाई चिर्ने तथा नारी जागरणको पर्वमा बदल्ने र गलत परम्परा हटाउने तथ्यपूर्ण र तर्कपूर्ण निष्कर्षको प्रकृयालाई अगाडि बढाऔं । यो समयको आवश्यकता पनि हो । पंक्तिकार हचुवा समर्थन र विरोधको कुनै पक्षमा उभिने कुराको निरन्तर विपक्षमा छ ।
यदि हामीले यस सन्दर्भमा सही तथ्यपूर्ण विषय उद्गार गर्न सकेनौ भने यसमाथि सधैँ प्रश्न उठिरहनेछ । यदि सम्मान र आदरका साथ मनाइँदै आइएको पर्वमाथि प्रश्न होइन सम्मान हुनुपर्छ । पंक्तिकारको स्पष्ट भनाई, हामीले यसको पौराणिक तथ्य र वैज्ञानिक पक्षलाई स्पष्ट पार्न आवश्यक छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies