अस्मिता बम/मध्यान्ह
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठन विस्तारलाई तिव्रत दिएको छ । रास्वपाका केन्द्रिय सदस्य गणेश कार्कीका अनुसार २७० पालिकामा भेला सकेको छ । ६ प्रदेशको प्रशिक्षण सकेको रास्वपाले पछिल्लो दिनमा पालिका भेलालाई प्राथमिकता दिएको हो ।
सहमहामन्त्री कविन्द्र बुर्लाकोटी संगठन विस्तारक्रममा नेताहरु देश दौडाहमा रहेको बताउँछन् । भदौको अन्तिम साता सभापति रवि लामिछाने, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, सांसदद्वय डा. स्वर्णिम वाग्ले, डा. तोसिमा कार्की लगायत गोरखा र तनहुँमा पालिका भेलामा सहभागी भएका थिए ।
असोज ६ गते रुपन्देहीको तिलोत्तमा नगरपालिकामा भेला गर्न लागिएको छ । अन्य प्रदेशको तुलनामा कर्णालीमा पार्टीको गतिविधि कम रहेको रास्वपा नेताहरुको स्वीकारोक्ति छ । अन्य ६ प्रदेशमा प्रशिक्षण सकिए पनि कर्णालीको हुन सकेको छैन ।
गत मंसिर ४ गते भएको आम निर्वाचनबाट सदनको चौथो ठूलो दल बन्दै ४२ दिन सरकारकमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएसँगै संगठन विस्तारमा लागेको छ । यसले पछिल्लो समय रफ्तार लिएको नेताहरु बताउँछन् ।
सत्ताका लागि च्याखे दाउ र अस्थिर अंक गणितमा नयाँ अर्को गठबन्धन किस्साको सम्भावना रहिरहे पनि अब आफ्नै नेतृत्वमा सरकारमा जाने योजना रास्वपाको छ । छोटो समयमा नै सरकारको र राजनीतिक चलखेलको अनुभव बुटलिसकेको पार्टीको अबको सत्ता यात्रा प्रधानमन्त्रीमा हुने रास्वपाका नेताहरुको भनाइ छ ।
सत्ता प्रतिपक्ष दुवैको अनुभव सम्हालिसकेको पार्टीले २०८४ को निर्वाचनमा बहुमतका साथ सदन प्रवेश गर्दै सरकारको नेतृत्व गर्ने योजना बनाएको छ । यद्यपि, अस्थिर अंक गणित र सदनमा चौथो ठूलो दलको हैसियत बनाएका कारण पुनः नयाँ समीकरण बनाएर सरकारमा जाने सम्भावनालाई भने नेताहरुले नकारेका छैनन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies