मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : आलोपालोमा आफू एक वर्ष प्रधानमन्त्री हुने भद्र सहमति कार्यान्वयन गराउनमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल छन् । यही बेला कांग्रेसबाट सरकारको नेतृत्व बदलेर कांग्रेसकै नेतृत्वमा सरकार बनाउनुपर्ने अभिव्यक्ति आएपछि एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल थप शशंकित भएका हुन् ।
खासगरी कांग्रेस नेता डा. शेखर कोइरालाले पछिल्लो केही सातायता निरन्तर कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने विषय उठाउँदै आएका छन् । सभापति शेरबहादुर देउवासमेत सहभागी कार्यक्रममा शेखरले ‘सरकारले प्रभावकारी काम गर्न सकेन । हाम्रा मन्त्रीले पनि प्रभावकारी कार्यसम्पादन देखाउने अवस्था भएन, अब कांग्रेसले नेतृत्व गर्नुपर्छ’ भनेपछि गठबन्धनमा रहेको एउटा दल एकीकृत समाजवादी र त्यसको नेतृत्वकर्ता माधव कुमार नेपाल शशंसिकत भएका हुन् ।
वर्तमान सत्ता गठबन्धनबीच पुष्पकमल दाहाल प्रचण्डले दुई वर्ष, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बीचमा एक वर्ष र अन्तिममा दुई वर्ष कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने समझदारी भएको बताइन्छ । तर, एमालेपछि कांग्रेसको सहयोगमा प्रचण्डले सरकार चलाएको ९ महिना पनि नबित्दै डा.शेखरले हरेकजसो सार्वजनिक मञ्चमा बोल्दा सरकार परिवर्तनको विषयलाई प्राथमिकता साथ उठाउन थालेपछि माधव नपाल झस्किएका हुन् ।
सोमबारमात्रै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको बताए । काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनलाई कमजोर पार्नका लागि आफ्नो पार्टीलाई बाहिर निकाल्ने प्रयास भइराखेको बताए ।
गठबन्धनलाई बलियो बनाउने जिम्मेवारी आफूहरुको रहेको पनि उनको भनाइ छ । गठबन्धन बनाउने काममा भूमिका आफूहरुले नै खेलेको भन्दै उनले आफूहरुले नै गठबन्धन जोगाउनुपर्ने अवस्था रहेकोा बताए ।
उनले भनेका छन्, ‘गठबन्धनलाई धारे हात लगाएर यसलाई कमजोर पार्नका लागि हाम्रो पार्टीलाई बाहिर निकाल्ने जुन किसिमको षड्यन्त्र भइरहेको छ, त्यसबाट होशियार हुनका लागि म सबैलाई आह्वान गर्न चाहन्छु ।’
यस्तो प्रयासमा जान अन्जानमा कतिपय पार्टीकै नेताहरु समेत रुमल्लिन पुगेको उनको आशंका छ । एमसीसीका सन्दर्भमा उठेका बहसलाई लिएर उनले यस्तो बताएका हुन् ।
अध्यक्ष नेपालले व्याख्यात्मक घोषणाको रुपमा एमसीसी पास नगरेको भए नेपालको हात तल पर्ने, नेपालको स्वाभिमानले नतमस्तक हुनुपर्ने स्थिति आउने दाबी गरे । उनले व्याख्यात्मक घोषणापछि मात्रै पास गर्नाले विदेशीको गुलाम बन्नु नपरेको जिकिर गरे । उनले एमसीसीको घोर विरोध गरेको कारण वाहवाही पाउने भए मजदुर किसान पार्टी र मोहनविक्रम सिंहको पार्टीले सय सिट कटाउने भनी ब्यङ्ग्य गरे ।
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसीका विषयमा प्रश्न उठाउँदै आएका छन् । यसमाथिको बहस एकीकृत समाजवादीलाई वर्तमान सत्ता गठबन्धनबाट बाहिर निकाल्ने प्रयासलाई सहयोग पु¥याउन सक्ने अध्यक्ष नेपालको टिप्पणी छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies