प्रचण्ड खत्री/मध्यान्ह
रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा १० वटा वडा रहेका छन् । १० वटा वडाका विभिन्न गाउँ बस्तीमा नेकपा माओवादी केन्द्रका वडा इन्चार्जदेखि नेता कार्यकर्ताहरु जनताको घरघरमा पुगिरहेका छन् । माओवादी केन्द्रको विशेष रुपान्तरण अभियानअन्तर्गत उनीहरु जनताको समस्या बुझ्न टोल-टोलमा पुगेका हुन् ।
बाँफिकोट वडा नम्बर ४ मा पनि जनभेटघाट जारी रहेको छ । जनभेटघाटका क्रममा नेपाली कांग्रेस परित्याग गरी कृष्ण बहादुर गिरी माओवादी केन्द्रमा प्रविश गरेको अभियानकी इन्चार्ज प्रेमा शाहीले बताइन् ।
यस्तै अभियानकै क्रममा वडा नं १० फेरा टोलमा कमला जैसीको अध्यक्षतामा ९ सदस्यीय टोल कमिटी गठन गरिएको छ । त्यस्तै मयरी टोलमा गजेन्द्र कुमार बुढाको अध्यक्षतामा ११ सदस्यीय टोल कमिटी गठन गरिएको वडा अध्यक्ष तथा अभियानका इन्चार्ज हरि चन्दले जानकारी दिए ।
वडा नम्बर ३ मा पनि जनभेटघाट चलिरहेको छ । वडा नम्बर ३ का जग्रा, खोयापधेरा, भाग्ले, सल्लेचवरलगायतका टोलमा जनभेटघाट गरिएको वडा नम्बर ३ का पार्टी अध्यक्ष बेगम ओलीले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies