काठमाडौं : नेकपा एमालेले संविधान दिवसमा विशेष कार्यक्रम गर्ने भएको छ ।
संविधान दिवसका अवसरमा असोज ३ गते बिहान ७ बजे काठमाडौंको नारायणचौरमा आयोजना हुने कार्यक्रममा सहभागी भइ राष्ट्रिय झण्डासँग सेल्फी खिच्न एमाले अध्यक्ष केपी शर्मा ओलीले आह्वान गरेको एमाले प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए ।
अध्यक्ष ओलीले नागरिकका हक संविधानमा लेखिएका दिन असोज ३ गते ‘मर्निङ वाक नेसनल वाक, सेल्फी विथ नेशनल फ्ल्याग’ नारासहित संविधान दिवस मनाउन आग्रह गरेका छन् । उनले नारायणचौरमा भेट गरी यसपटकको राष्ट्रिय दिवस जनस्तरबाटै भव्यताका साथ मनाउन अपिल गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies