बिन्द्र राई/मध्यान्ह
उदयपुर : चुडामणि मगर र मेलिना राईको स्वरमा रहेको 'मुखले ठिक्क बनाउने' बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । भद्र नकलको शब्द र संगीत रहेको उक्त गीतको भिडियोमा टम्पसेर राई र अञ्जली अधिकारीले आफ्नो नृत्य कला प्रस्तुत गरेका छन् ।
तारावीर पाण्डेले निर्देशन गरेको म्युजिक भिडियोको छायाँकन मुकेश हुमागाईंले गरेका हुन् । म्युजिक भिडियोमा विकास धमलाको सम्पादन र कलर रहेको छ भने कुमार सानु पुनको एरेन्ज रहेको छ ।
त्रियुगा नगरपालिका १४ धापखर्क स्थायी घर भएका गायक मगर हाल वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका छन् । मलेसियामा कामको व्यस्तताको बाबजुद पनि सांगीतिक क्षेत्रमा सक्रिय छन् । मगरको वीर गोर्खाली, कान्छीको जवानी, उदायो बिहानी, भुललगायतका म्युजिक भिडियो यसअघि नै बजारमा आइसकेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies