काठमाडौं : नेपालमा टर्कीश पर्फ्युम ब्राण्ड निशनेका उत्पादनहरुको विक्री शुरु भएको छ । नेपाली बजारमा ब्राण्डेड पर्फ्युमहरु बिक्री गर्दै आइरहेको इना सेन्टरले निशाने ब्राण्डका पर्फ्युमहरु भित्र्याएको हो । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा पूर्वमन्त्री तथा नेपालका लागि भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठले निशाने एक्स कलेक्सनको उद्घाटन गरे ।
सारभर पर्फ्युम पारखीहरुका लागि उत्कृष्ट मानिएको निशने ब्राण्डका पर्फ्युम टर्कीमा उत्पादन हुन्छन् भने इना सेन्टरले यसका विभिन्न भेरियन्टहरु नेपालमा भित्र्याएको हो । इना सेन्टरले नेपालमा ३० वर्षदेखि अन्तर्राष्ट्रिय ख्याति प्राप्त ब्राण्डका पर्फ्युमहरु आयात तथा बिक्री वितरण गर्दै आएको छ । इना सेन्टरका न्यूरोड, सिभिल मल, दरबार मल तथा बबरमहल रिभिजिटेडमा रहेको शोरुमबाट निशाने ब्राण्डका पर्फ्युम बिक्री हुने इना सेन्टरका प्रवन्ध निर्देशक उद्धव वर्तौलाले जानकारी दिए । इनाले हाल क्लिभ क्रिष्टियन, लिक्विड्स इमेजिनरिज, टिजियाना, एसेन्सियल, भिक्यान्टोलगायत ब्राण्डका पर्फ्युमहरू बिक्री गर्दै आइरहेको छ ।
निशाने छोटो समयमा स्थापित टर्कीश ब्राण्ड हो । यो ब्राण्डका पर्फ्युमहरु विश्वका सर्वाधिक बिक्री हुने पाँच उत्कृष्ट पर्फ्युममध्येको सूचीमा पर्दछन् । निशानेका उत्पादनहरुमध्ये उत्कृष्ट पाँच ब्राण्डहरु ह्यासिभ्याट, हन्ड्रेड साइलेन्ट वेज, एनी एक्स, फ्यान योर फ्लेम्स, वुलोङ चा इना सेन्टरको एक्स कलेक्सनमा उपलब्ध छन् । निशनेका प्रत्येक नयाँ संस्करणहरुमा मौलिक सुगन्धको मुख्य विशेषताहरू रहने जनाइएको छ । यसलाई नयाँ क्षितिजमा लैजान र उपभोक्ताको रुचीलाई कायम राख्नका लागि विशेष प्रकारको डिजाइन गरिएको यी पर्फ्युमहरु अत्तरको संसारमा नयाँ विश्वव्यापी आइकनहरू बन्ने अपेक्षा गरिएको छ ।
बेस्टसेलर पर्फ्युम निशनेको ह्यासिभ्याट सन् २०१७ बाट बजारमा आए पनि यसको लालित्य, योग्यता र कलाको प्रेमलाई निखारिएको भन्दै प्रशंशा भइरहेको छ । यस्तै, हन्ड्रेड साइलेन्ट वेज पर्फ्युम सन् २०१६ मा लञ्च भएपछि यसले पर्फ्युमका क्षेत्रमा नयाँ आयाम थपेको छ । यसलाई मौलिक सुगन्ध मन पराउनेहरू र मौलिक सूत्रको आकर्षक मुडमा नयाँ टेक खोज्नेहरूले रुचाउँछन् । एनी पर्फ्युम सन् २०१९ मा सार्वजनिक भए पनि यसले मानिसहरू बीचको सबै भावनात्मक सीमाहरू हटाउन सफल भएको छ । यो सुगन्ध तुरुन्तै विश्वव्यापी हिट भयो जुन प्रायः सबैभन्दा राम्रो भेनिला सुगन्धको रूपमा उल्लेख गरिएको थियो ।
वुलोङ चा सन् २०१५ मा विश्वव्यापी रूपमा सुरु गरिएको निशानेको विश्वभरी ठूलो फ्यानबेसमा पुगेको पर्फ्युम भएको छ । यसलाई प्रयोग गर्नेहरुको शब्दमा यसले सुदूर पूर्वको शान्त चिया बगानहरूमा लैजान्छ, जहाँ ओलोङ चियाका पातहरू र भूमध्यसागरीय फिगका नाजुक नोटहरू छन् । फ्यान योर फ्लेम्स अर्को बेष्टसेलर पर्फ्युम हो । यसको सुगन्ध नरिवल, रम र लेन्टीस्कको संयोजनको साथ खुल्छ, जसले मीठो र सुगन्धित वातावरण दिन्छ । सुगन्धको मुटुमा तंबाकू, टोन्का बीन र थाइम तेलको मिश्रण हुन्छ, जसले समृद्ध र मसालेदार सुगन्ध सिर्जना गर्दछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies