काठमाडौं : एनसेल आजियाटा लिमिटेडले विभिन्न शहरहरुमा सांगीतिक कार्यक्रमको आयोजना गरी ठूलो उत्साह र उमंगका साथ स्थानीय समुदायसँगै हरितालिका तीज पर्व मनाएको छ । तीज कार्यक्रम कम्पनीको १८औं वार्षिकोत्सवको ‘हामी तपाईंकै लागि’ भन्ने थिमका साथ आयोजना गरिएको थियो ।
तीज हिन्दु महिलाहरुले ठूलो उत्साहका साथ मनाउने नेपालको एक विशेष पर्व हो । एनसेलले विशेष अवसरका खुसीहरुलाई सबैसँग साटासाट गर्न प्रतिबद्ध रहेको बताएको छ । एनसेलको वार्षिकोत्सव र तीज अवसरमा सोमबार एनसेलले विभिन्न चार शहरहरु सिन्धुली, महेन्द्रनगर, पोखरा र बिर्तामोडमा तीज कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमहरुमा सर्वसाधारणबाहेक विशेष गरी महिलाहरुको उल्लेख्य सहभागिता थियो ।
सहभागीहरुले सांगितिक कार्यक्रमको आनन्द लिनुका साथै स्थानीय कलाकारहरुको गीत संगीत प्रस्तुतिमा नाचगान गर्दै भरपुर मनोरञ्जन लिएका थिए । ग्राहकहरुको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले कार्यक्रम आयोजना स्थलमा आफ्नो स्टल पनि राखेको थियो । स्टलबाट ग्राहकले एनसेलको सिमकार्ड, रिचार्ज कार्ड तथा अन्य सेवा, सुविधाहरु लिन सक्ने व्यवस्था रहेको थियो ।
एनसेलले आइतबार आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सव मनाएको हो । कम्पनीले आम नेपाली जनसमुदायलाई विश्वस्तरीय दूरसञ्चार सेवाहरूमार्फत् जोड्दै प्रविधि र कनेक्टिभिटीको पहुँचले दिने लाभ १८ वर्षदेखि निरन्तर प्रदान गर्दै आएको छ । ‘हामी तपाईंकै लागि’ थिम अनुरुप आफ्ना ग्राहकहरुसँग सुमधुर सम्बन्ध बढाउन प्रतिबद्ध रहेको एनसेलले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies