काठमाडौं : नेपालमा होण्डा कारका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले नेपालमा होण्डा इलिभेट कार भित्र्याएको छ । होण्डा नेपालले पहिलो १० ग्राहकका लागि नगद छुट र ७५ हजार छुटका साथै निःशुल्क सेवासहितको आकर्षक अफर घोषणा गरेको हो । यी कारमा भित्री रुपमा खैरो र कालो रंग गरी दुई–टोनको विलासिता झल्किन्छ । भित्री भागले उत्कृष्ट सिटमा आराम प्रदान गर्ने कम्पनीले जनाएको छ । ठूलो केबिनले यात्रुका लागि पर्याप्त सुविधायुक्त बस्ने ठाँउ प्रदान गर्दछ ।
एलिभेटको एक–पुस इन्जिन शुरु÷स्टप कार्यक्षमता छ । यसले अल्फा–बोल्ड सिग्नेचर ग्रिल र बेस्ट–इन–क्लास २२० एमएम ग्राउन्ड क्लियरेन्स दिन्छ । जसले नेपालका भूगोलमा यी कार उपयोगी मानिन्छ । १.५ लिटर पेट्रोल इन्जिनमा उपलब्ध होन्डा इलिभेट एसभीएमटीको मूल्य ५६ लाख ३५ हजार रूपैयाँबाट शुरु हुन्छ । यसको इलिभेट भीएमटीको मूल्य ६० लाख ३५ हजार रूपैयाँ पर्छ ।
यस्तै इलिभेट भीएक्सएमटीको सुरुवाती मूल्य ६६ लाख ९५ हजार रूपैयाँ तोकिएको छ । इलिभेट एडएक्सएमटीको सुरुवाती मूल्य ७३ लाख ४४ हजार रूपैयाँ छ । इलिभेट भीसीभीटीको सुरुवाती मूल्य ६५ लाख ७० हजार रूपैयाँ छ । इलिभेट भीएक्ससीभीटीको सुरुवाती मूल्य ७१ लाख ९५ हजार रूपैयाँ तोकिएको छ भने इलिभेट एडएक्ससीभीटीको सुरुवाती मूल्य ७८ लाख ७० हजार रूपैयाँ तोकिएको छ । इलिभेट जेडएक्ससीभीटी (डीटी) को सुरुवाती मूल्य भने ७९ लाख ४४ हजार रूपैयाँ तोकिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies