काठमाडौं : नेपालको नेतृत्वदायी रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम–रेमिट्यान्स मार्फत् रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले ‘आइएमई गरौं, करोडपति बनौं’ योजना सार्वजनिक गरेको छ ।
आइएमई गरी रकम पठाउने सेवाग्राहीहरूमध्ये एक जनाले एक करोड रुपैयाँ नगद जित्ने छन् । सँगसँगै प्रत्येक महिना एक जनाले १ लाख नगद रुपैयाँ पाउने छन् । यसै गरी दसैँ, तिहार तथा छठ पर्वमा १८ सय सेवाग्राहीले थप आकर्षक उपहार प्राप्त गर्ने छन् ।
आइएमई गरी आइएमई पे वालेट र बैंक खातामा जम्मा गर्ने तथा आइएमई काउण्टरमा रकम पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी हुन पाउने छन् । यो योजना २०८० असोज २ गते देखि २०८१ भदौ मसान्त सम्म लागू हुने छ ।
आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीहरूलाई औपचारिक माध्यमबाट रकम पठाउन यो योजनाले उत्प्रेरकको रूपमा काम गर्ने बताएका छन् । साथै यो योजनाले डिजिटल माध्यमबाट रकम पठाउन सेवाग्राहीलाई प्रेरित गर्ने पनि प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies