काठमाडौं : वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले खोटाङ घर भइ काठमाडौं घट्टेकुलो बस्ने राजकुमार गुरुङ र सुनसरी घर भइ घट्टेकुलो बस्ने उदय गुरुङलाई पक्राउ गरेको हो ।
उनीहरुले वैदेशिक रोजगारका लागि जापान पठाइदिने भन्दै २ लाख ७० हजार रुपैयाँ लिएको प्रहरीको दाबी छ । जापानमा कुकको काममा मासिक एक लाख रुपैयाँ तलब हुने भनेर १५ लाखमा मोलतोल गरी ठगी गरेको प्रहरीले बताएको छ ।
त्यसैगरी वैदेशिक रोजगारीका लागि आकर्षक तलबमा तान्जानीया पठाइदिन्छु भनी प्रलोभनमा पारेर ठगी गरेको उजुरीको आधारमा प्रहरीले दैलेखको नारायण नगरपालिका स्थायी घर भइ हाल स्वयम्भु बस्ने गणेशबहादुर सिहंलाई पक्राउ गरेको छ । सिंहले बुद्धिराम पुन मगरलाई प्रलोभनमा पारी रकम लिइ सम्पर्कविहीन भएको प्रहरीले बताएको छ ।
प्रहरीले सिंहलाई वैदेशिक रोजगार विभागको पत्रको आधारम सितापाइला चोकबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि विभागको कार्यालय पठाएको बताएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies