देवराज सुवेदी/मध्यान्ह
सिन्धुपाल्चोक : अवसरबाट वञ्चित विद्यार्थीलाई शिक्षा प्रदान गर्ने तथा विपत्तिमा परेका मानिसको उद्धारमा योगदान पु¥याउने मूल लक्ष्यसहित स्थापित अरुणिमा परोपकार प्रतिष्ठानले कोष खडा गरेको छ ।
काठमाडौंमा आयोजित पहिलो वार्षिक साधारण सभामार्फत प्रतिष्ठानले आफुले खडा गरेको कोष तथा उद्देश्यकाबारे प्रकाश पारेको छ ।
प्रतिष्ठानले हालसम्म विभिन्न दाताहरुको सहयोग मार्फत रू. ७५ लाख ९० हजार ४ सय ३१ को कोष खडा गरेको छ । यस कोषमार्फत विभिन्न छात्रवृत्ति तथा विपत्तीका समयमा राहत सहयोग पुर्याइने प्रतिष्ठानका अध्यक्ष भिमानन्द ढुंगानाले जानकारी दिए ।
सोही अवसरमा प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुंगानाले चेतनाथ तथा सावित्रादेवी ढुंगाना र घनश्याम तथा कुन्तीदेवी दाहाल स्मृति अरुणिमा छात्रवृत्ति कोषका लागि रु.१० लाख १५ हजार ४ सय ४३ को घोषणा गरे ।
उनी तथा उनको परिवारले योगदान गर्ने सो रकमबाट सिन्धुपाल्चोकस्थित मेलम्चीनगर क्षेत्रका गरिब तथा जेहन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराइने छ । मेलम्ची नगरपालिका वडा नं. ६, तालामारांगमा जन्मिएका ढुंगाना हाल अरुणिमा शैक्षिक प्रतिष्ठान, ढुंगाना प्रतिष्ठान लगायत विभिन्न सामाजिक संस्थामार्फत समाजसेवामा सक्रिय छन् ।
अरुणिमा शैक्षिक प्रतिष्ठान अन्तर्गतका शैक्षिक संस्थामा मेलम्ची तथा हेलम्बु भेगबाट सयौं विद्यार्थीले अध्ययन गर्ने गरेका छन् ।
ढुंगानाले स्थापना गरेको छात्रवृत्ति कोषमार्फत यस भेगका अवसरबाट वञ्चित विभिन्न विद्यार्थीले लाभ उठाउन सक्ने आँकलन गरिएको छ । अरुणिमा परोपकार प्रतिष्ठानले लक्ष्मी चालिसे स्मृति अरुणिमा छात्रवृत्ति रु.१५ लाख, अग्निशिखा स्मृति अरुणिमा छात्रवृत्ति रु.२ लाख, पशुपतिराज मृगेन्द्रकुमारी मिश्र स्मृति अरुणिमा छात्रवृत्ति रु. ५ लाख २० हजार, सुवास अधिकारी स्मृति अरुणिमा छात्रवृत्ति रु.२ लाख १० हजार, रामजीप्रसाद कमलादेवी न्यौपाने स्मृति अरु०िमामा छात्रवृत्ति रु.१० लाख, अरुणिमा शैक्षिक प्रतिष्ठान छात्रवृत्ति रु.५ लाख १३ हजार, अरुणिमा एल्मुनाई एशोसिएशन छात्रवृत्ति रु.३ लाख ७३ हजार ६ सय ९ सय २० लगायतका नाममा लक्षित वर्गलाई सहयोग गर्दै आएको प्रतिष्ठानका सचिव जितेन्द्र श्रेष्ठले जानकारी दिए ।
प्रतिष्ठानका संरक्षक विजय चालिसेले परोपकारको पूर्वीय दर्शन र भावनालाई समेटेर परोपकार प्रतिष्ठान अघि बढेकोमा सह्राना गरेका थिए । प्रतिष्ठानमा हालसम्म १ सय ७६ जना आजिवन सदस्य रहेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies