काठमाडौं : नेपालीहरुको महान पर्व बडा दशैं नजिकिएसँगै वैदेशिक रोजगारमा जाने क्रममा सुस्तता देखिन थालेको छ । साउन महिनाको तुलनामा भदौमा वैदेशिक रोजगारीमा गएको संख्याले वैदेशिक रोजगारीमा जाने क्रम घट्दो दरमा देखिएको हो ।
साउनमा संस्थागत अर्थात म्यानपावर कम्पनीमार्फत २८ हजार २ सय ३४ जना युवायुवतीले वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिएकोमा भदौमा महिनामा उक्त संख्यामा करिब २ हजारले कमी आएको छ । भदौमा समग्रमा ३५ हजार ३ सय ३ जना वैदेशिक रोजगारीमा गएकोमा म्यानपावर कम्पनीमार्फत २७ हजार १ सय ७१ जनाको श्रम स्वीकृति भएको छ । भदौमा व्यक्तिगत नयाँ ७ हजार ३ सय ५ जनाले श्रम स्वीकृति लिएका छन् ।
वैदेशिक रोजगार विभागको भदौ महिनाको प्रगति प्रतिवेदनअनुसार भदौमा सबैभन्दा धेरै नेपाली यूएई गएका छन् । उक्त महिनामा यूएई जान ६ हजार ९ सय ६८ जनाले म्यानपावर कम्पनीमार्फत श्रम स्वीकृति लिएका थिए । दोस्रो स्थानमा रहेको मलेसिया जान ६ हजार ८ सय ४० जना, तेस्रोमा रहेको लय लय, लय जब जब, लय क्ष् नयत लय साउदी अरेबिया जान ५ हजार ९ सय ६ जना र सूचीको चौथो नम्बरमा धकेलिएको कतारमा २ हजार ६ सय ९४ जनाको श्रम स्वीकृति भएको छ । मलेसियामा नयाँ एप्रुभल नखुल्दा नेपाली जाने क्रम घटेको हो । कतारमा होटल क्षेत्रको अकुपेन्सी बढे पनि विश्वकप फुटबलपछि नयाँ रोजगारी सिर्जना हुन नसकेको बताइएको छ ।
यस्तै कुवेत पाँचौं स्थानमा रहेको छ । साउनमा उक्त मुलुकका लागि म्यानपावर कम्पनीमार्फत १ हजार १ सय ५७ महिलासहित २ हजार ७ सय १ जनाको श्रम स्वीकृति भएको छ । बहराइनका लागि ३ सय ३९ जनाको श्रम स्वीकृति भएको छ ।
युरोपेली मुलुक क्रोएसियाका लागि म्यानपावरमार्फत १ सय ४३ र व्यक्तिगत ७ सय २२ जना, साइप्रसका लागि म्यानपावरमार्फत ४ सय ३ जना, माल्टाका लागि म्यानपावरमार्फत १५ जना गएका छन् । रोमानियाका लागि म्यानपावरमार्फत १ सय ७६ जना, रुसका लागि ६१ जना, ओमानका लागि १ सय ५३ जना, मकाउका लागि १ सय १८ जना, जापानका लागि म्यानपावरमार्फत १ सय १५ र व्यक्तिगत ७ सय २ जनाका लागि श्रम स्वीकृति भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies