काठमाडौं : नेपाल साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार दशरथ रंगशालामा माल्दिभ्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै नेपाल सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो ।
नेपाललाई जित दिलाउन समीर तामाङले दुई गोल गरे भने प्रशान्त लक्सम र निराजन धामीले एक-एक गोल गरे । माल्दिभसका लागि लायन रसिदले एक गोल फर्काए ।
खेलको १७औं मिनेटमा प्रशान्त लक्षमले गोल गर्दै नेपाललाई शुरुवाती अग्रता दिलाएका थिए । यस्तै खेलको ३०औं मिनेटमा समिर तामाङले गोल गर्दै नेपाललाई २-० गोलको अग्रता दिलाएका थिए ।
खेलको ५८औं मिनेटमा लायन रसिदले गोल गर्दै माल्दिभ्सलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर खेलको ८८औं मिनेटमा निराजनले गोल गर्दै नेपाललाई ३-१ गोलको अग्रता दिलाए । अतिरिक्त समयको चौथो मिनेटमा समिरले गोल गर्दै नेपाललाई ४-१ गोल अन्तरको शानदार जित दिलाए ।
नेपालले अब फाइनल प्रवेशका लागि समूह बी को विजेतासँग खेल्नेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies