काठमाडौं : विगतमा दर्जनौं गीत स्रोतामाझ पुगेको भएपनि ‘के गुलियो छ र सखर चिनी’ बोलको गीत र भिडियोले गायक पदम राईलाई चर्चाको शिखरमा पुर्याउन ठूलो मद्दत गरेको थियो ।
‘यसो हेरे पूर्वतिर’ले चर्चा बटुलिरहेको अवस्थामा ‘जागिर खान्छु सरकारी अड्डामा’ सार्वजनिक भएपछि थप चर्चामा रहन सफल गायक राईको हालै बजारमा आएको ‘बाटो घुमाउरो’ बोलको भिडियो आम स्रोता, दर्शकको रुची बनेपछि गायक पदम राई स्थानीय स्तरमा आयोजना हुने स्टेज कार्यक्रममा मात्र नभइ विदेशमा रहेका नेपालीहरुको समेत रुचीको गायक बनेका छन् ।
एकपछि अर्को सफलता चुमिरहेका गायक पदम राई ‘ताप्लेजुङ आइडल २०६९’ हुन् । ताप्लेजुङ जिल्ला, नाङ्खोल्याङ गाउँपालिकाका स्थानीय बासिन्दा गायक राईले सांगीतिक प्रस्तुतिका क्रममा विभिन्न मुलुकको भ्रमण गरिसकेका । उनी यही २९ सेप्टेम्बर २०२३ मा न्यू भिजन ग्रुपले दक्षिण कोरियामा आयोजना गर्ने ‘न्यु भिजन सांगीतिक सौगात भाग २’मा सहभागिता जनाउन असोज १० गते त्यसतर्फ प्रस्थान गर्दैछन् ।
इन्सेक कल्चर एण्ड वल्फेर सेन्टर, बुसन, साउल लगायतका स्थानमा आफ्नो धमकेदार सांगीतिक प्रस्तुति दिइसकेपश्चात उतैबाट साताव्यापी सांगीतिक कार्यक्रमका लागि हङकङ जाने र फर्केलगतै पूर्वी नेपालको धनकुटा, पाँचथर र सुनसरीमा आयोजना हुने सांगीतिक कार्यक्रममा व्यस्त रहने गायक राईले बताए ।
संगीत क्षेत्रमै आफ्नो व्यावसायिकता अघि बढाउने अठोटका साथ यस क्षेत्रमा सक्रिय लोकप्रिय गायक पदम राईसँगै कोरियामा हुने सांगीतिक कार्यक्रममा प्रकाश सपुत, रचना रिमाल, पूर्ण लिम्बू, अर्जुन सुब्बा, हेमन्त गुरुङ आदिको प्रस्तुति रहने छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies