काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कुवेतका लागि लिएको श्रम सहचारीको परीक्षामा गिरी प्रसाद आचार्य छनोट भएका छन् । उक्त पदका लागि आचार्यसँगै शाखा अधिकृतहरू उषा थपलिया पाण्डे, कल्पना खनाल रेग्मी, जनक सिंह उखेडा, प्रदीप कुमार ढकाल, प्रेम प्रसाद पोखरेल, विकास रजक र सुनिता थापाको आवेदन परेको थियो ।
मन्त्रालयले गत असोज ६ गते उनीहरूको विषयवस्तुको ज्ञानबारे प्रस्तुतीकरण लिएर नतिजा सार्वजनिक गरेको हो । कुवेतमा कार्यरत श्रम सहचारी हेम कुमार अधिकारीको कार्यकाल सकिन लागेपछि मन्त्रालयले काउन्सेलर (श्रम) तथा श्रम सहचारी छनोट तथा नियुक्ति कार्यविधि तथा मापदण्ड २०७३ अनुसार तोकिएको योग्यता पुगेका कर्मचारीले ३० दिनभित्र आफ्नो योग्यता उल्लेख गरी निवेदन दिन भन्दै गत साउन १६ गते दर्खास्त खुलाएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies