बिन्द्र राई/मध्यान्ह
उदयपुर : उदयपुरमा अवैध काठसहित एक जना पक्राउ परेका छन् । त्रियुगा नगरपालिका -१२ स्थित हवाईफिल्डमा मंगलबार केकुन जंगलबाट चोरी गरी काठ ल्याउँदै गरेका एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
अन्दाजी ८ क्युफिट सखुवा चिरान काठ ४/५ जना मानिसको समूहले बोकेर ल्याउँदै गरेको र काठ सोही ठाउँमा छाडेर फरार रहेपनि सो घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका-३ बस्ने ३६ वर्षीय दुलीचन सदा रहेको उनले बताए । पक्राउ परेका सदालाई आवश्यक कारवाहीका डिभिजन वन कार्यालय उदयपुरमा बुझाइएको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies