कुलेन्द्र शाही/मध्यान्ह
सुर्खेत : नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताको रोजाइको पहिलो पार्टी एमाले भएको बताएका छन् । बुधवार एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले जनताको रोजाइको पहिलो पार्टी भएपनि केन्द्रदेखि प्रदेशमा आफ्नो पार्टी नहुनु दुःखद् भएको बताए । 'हाम्रो पार्टी सरकारमा भएको बेला आर्थिक मन्दी उच्च थियो । अहिलेको सरकार सरकार जस्तो छैन,' उनले भने, 'तरपनि हाम्रो पार्टीलाई चौतर्फी घेरबन्दी गरिएको छ, २०८४ सालमा एमालेको एकल नेतृत्वमा सरकार बन्छ । एमाले एक्लैकाे बलबुताले सरकारकाे नेतृत्व गर्ने गरी विभिन्न अभियानहरु सञ्चालन गरिरहेका छौं ।'
प्रथम कर्णाली अधिवेशनले एमालेलाई बलियाे राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्ने र एकताकाे सन्देश दिनुपर्ने उनकाे भनाइ छ । 'हामीले राष्ट्र निर्माणकाे नेतृत्व गरिरहेका बेला सबै मिलेर एमालेलाई हटाएकाे र एमाले नेतृत्वमा नहुँदा समाजमा वितृष्णा जागेको छ,' उनले भने, 'आज एमालेलाई चाैतर्फी घेराबन्दी गरिएकाे छ ।'
साथै उनले घेराबन्दीलाई ताेडेर एमालेकाे नेतृत्वको सरकार बनाउने अभियानमा जुट्न जरुरी रहेकाे बताए । मिसन २०८४ मा एमाले एक्लैले बहुमत ल्याउने बताउँदै उनले साेही अनुसार नेता, कार्यकर्ताहरुलाई लाग्न निर्देशन दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies